फेसन डिजाइनिङ र मोडलिङको समिश्रण ड्रेस टु इम्प्रेस सिजन–१२ मा ४ डिजाइनर उत्कृष्ट घोषित भएका छन्।
आईआईएफटी ः स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनद्वारा आयोजित प्रतियोगितामा १ सय १९ जना फेसन डिजाइनरले प्रतिस्पर्धा गरेका थिए।


प्रतियोगितामा आयोजकले डिजाइनरहरूलाई डेनिम फिचर, ग्ल्याम इन प्याच, एक्जोटिक फौना र इकोज अफ टाइम गरी ४ थिम दिएकामा डेनिम फिचरतर्फ रेजिना श्रेष्ठ, ग्ल्याम इन प्याचतर्फ प्रतीक गुरुङ, एक्जोटिक फौनातर्फ इमायुङ राई र इकोज अफ टाइमतर्फ युयान वाङ (सेलिना शाही) विजेता भएका छन्। हालै कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा सामाजिक सञ्जालअन्तर्गतको विजेतासमेत चयन गरिएको थियो। जसमा आईआईएफटी मोस्ट लाइक्ड लेजेन्ड अवार्ड नीलम दास, आईआईएफटी स्ट्रोमस सेयरड च्याम्पियन अवार्ड आयुषा श्रेष्ठ र आईआईएफटी पब्लिक च्वाइस अवार्ड प्रमिला श्रेष्ठले जितेका छन्।
सम्पूर्ण विजयी प्रतियोगी डिजाइनरलाई नगद तथा अवार्डबाट सम्मानित गरिएको थियो।प्रतियोगितामा उत्कृष्ट डिजाइनर छनोटका लागि फेसन डिजाइनरहरू महेश महर्जन, मुक्ता श्रेष्ठ, निशा श्रेष्ठ, मनिष राई, अन्चु पाण्डे र अंकित माइती निर्णायक रहेका थिए। एफएनसीसीआईकी पूर्व अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व मिस नेपाल इन्टरनेशनल २०१७ तथा अभिनेत्री नीति शाह, मिस नेपाल वल्र्ड २०२५ लुना लुइ“टेल, मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल, मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारी र मिस नेपाल अर्थ २०२५ सोनी घले शो टपर रहेका थिए।
आईआईएफटीले डिप्लोमा कोर्ष अध्ययन गर्दै गरेका आप्mना विद्यार्थीलाई फेसनसम्बन्धी थप ज्ञान र अनुभव प्रदान गर्न एक दशकदेखि ड्रेस टु इम्प्रेस आयोजना गर्दै आएको छ। जसमा डिजाइनरहरू आफै“ले तयार पारेका पहिरनमा प्रस्तुत हुने गरेका छन्। फेसन डिजाइनर बन्न चाहनेहरूका लागि हब बनेकोे आईआईएफटीले फेसन डिजाइनिङमा डिप्लोमा र एड्भान्स कोर्ष गराउ“दै आएको छ।
काठमाडौंको बागबजार प्लाजा र कमलादीस्थित हेरिटेजप्लाजा तथा ललितपुरको कुमारीपाटी रहेको आईआईएफटीमा इन्टेरियर डिजाइनको समेत कोर्षको व्यवस्था छ। आईआईएफटीका प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार फेसन डिजाइनिङका विद्यार्थीलाई ड्रेस टु इम्प्रेस प्रतियोगिताले थप ज्ञान र अनुभव संगाल्ने अवसर दिएको छ। ‘फेसन डिजाइनिङ क्रियटिभ कार्य हो, जुन कार्य जनमानसमा पु¥याउन स्टेज आवश्यक हुन्छ। त्यसैअनुरूप विद्यार्थीका लागि ड्रेस टु इम्प्रेसलाई निरन्तरता दि“दै आएका हौ“’ शेर्पाको भनाइ छ।











प्रतिक्रिया