थाइल्यान्डको कोरातमा सम्पन्न बालबालिकाको अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता आई एम मोडल सर्चमा नेपालका बालक जोसेफ राईले शीर्ष उपाधि चुमेका छन्।
उनले जुनियर क्लबतर्फको शीर्ष उपाधिसहित द मोष्ट प्रोमिसिङ मोडल र बेष्ट इन गोसिज सबटाइटललाई पनि आप्mनो बनाएका छन्। उनीस“गै सहभागी मनस्वी बस्नेतले द मोष्ट प्रोमिसिङ मोडलको सबटाइल जितेकी छन्। ६ दिनसम्म चलेको प्रतियोगितामा १८ देखि २० देशका बालबालिकाको सहभागिता रहेको थियो।
मनस्वी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको नेपाली प्रतियोगिता मिलेनियम किड्स इन्टरनेशनल २०२६ की विजेता हुन् भने जोसेफ किडी फेस अफ द इयर इन्टरनेशनल २०२५ का विजेता हुन्। प्रतियोगितामा बालबालिकास“गै मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी भएका थिए। पर्यटन प्रवद्र्धन र मौलिक संस्कृतिलाई विशेष प्राथमिकता दिइएको प्रतियोगितामा मनस्वीले नेपालको शेर्पा समुदायको प्रतिनिधित्व गर्ने भेषभुषा र संस्कृति प्रस्तुत गरेकी थिइन् भने जोसेफले राई समुदायको मौलिक पोसाक र पहिचान प्रदर्शन गरेका थिए।











प्रतिक्रिया