सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?


काठमाडौँ।

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा पहिलो पटक २ लाख ८० हजारको आँकडा पार गर्दै सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ४ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन अर्थात् आइतबार भने एक तोला सुनको मूल्य २ लाख ७८ हजार ८ सय कायम थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १८५ रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदी आज प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।