आगामी माघ २३ गते रिलिजमा आउने फिल्म रमिताको पिरतीमा समावेश जुनीभर बोलको गीत सार्वजनिक गरिएको छ।
महेश काफ्लेको शब्द, संगीत र स्वर रहेको गीतमा उनलाई अस्मिता अधिकारीले गायनमा साथ दिएकी छिन्। रोमान्टिक शैलीको गीतमा फिल्मका मुख्य २ कलाकार विनय श्रेष्ठ र आना शर्मालाई प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा विनयले आनालाई फकाउँदै गरेको र आनाले नमानेको दृश्य देखाइएको छ। सेरो फिल्म्स्को ब्यानरमा सागर लम्सालद्वारा निर्मित फिल्ममा समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्लेलगायतका कलाकारले पनि अभिनय गरेका छन्। आरपी प्रोडक्सन, गणेश पाण्डे, सुवास कोइराला र प्रवेश लामिछाने एसोसियट निर्माता तथा आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा सुदीप्ताको लेखन र निर्देशन, सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले , अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत, कृतिका बरालको कोरियोग्राफी शिशिर विशाङ्खेको डीओपी, जेनिश महर्जन र प्रियतनाको छायांकन तथा सुनील सिवाकोटीको सम्पादन रहेको छ। फिल्मले एक युवतीको प्रेम भावनालाई सूक्ष्म रूपमा देखाएको निर्माण पक्षले जानकारी गराएको छ।











प्रतिक्रिया