सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको फिल्म बब डाइको ४२ औं दिनमा छायांकन सकिएको छ।
सम्पूर्ण छायांकन काठमाडौंको चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाभित्र गरिएको फिल्मका निर्देशक प्रवीण श्रेष्ठले जानकारी गराएका छन्। दुई गीतबाहेक दृश्यका सम्पूर्ण छायांकन सकिएको निर्देशक श्रेष्ठले जानकारी गराए।
रोटेपिङ इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माणाधीन फिल्ममा कीर्तिपुरको एक युवाको कथा छ। फिल्ममा अभिनेता सौगातले बब डाइको भूमिका निर्वाह गरेका छन्। निर्देशक श्रेष्ठका अनुसार नेवारी भाषामा दाइलाई डाइ भनिने भएकाले फिल्मको नाम बब डाइ राखिएको हो। फिल्म कमेडी शैलीमा निर्माण गरिएको छ। फिल्ममा कमेडीसँगै धेरै कुरा पाउन सकिने निर्देशक श्रेष्ठले बताए।
सौगात र सिम्रनको साथमा सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तण्डुकार, मनोज महर्जन, कमल देवकोटा, उत्तमराज पाण्डे, रजिन महर्जन, मनोज महर्जन, बालकलाकार अग्रिम पण्डितलगायतले अभिनय गरेको फिल्ममा दिनेशबहादुर राउत एसोसिएट निर्देशक रहेका छन् भने मैनिषा गौचन र प्रवीण श्रेष्ठको कथा, किरण थापा र सृष्टि महर्जनको कोरियोग्राफी, शंकर महर्जनको एक्सन, घनश्याम श्रेष्ठको कला निर्देशन, श्याम तामाङको टिमको छायांकन र निर्देशक श्रेष्ठकै सम्पादन रहनेछ। राजेश घिमिरे, रोशन भट्टराई र सुनील मानन्धरद्वारा निर्माणाधीन फिल्ममा रवीन्द्र प्रजापती कार्यकारी निर्माता रहनेछन्।











प्रतिक्रिया