कलाकार भुवन लोहनीको शब्द रचना र अभिनयमा नयाँ गीत ‘जूनसँग के दांजौं र भिडियोसहित सार्वजनिक गरिएको छ। म्युजिक भिडियो ओएसआर डिजिटल युट्युबबाट सार्वजनिक गरिएको हो।
दीपक शर्माले संगीत संयोजन गरेको गीतमा राजेशपायल राईको स्वर रहेको छ। गीतको भिडियो लमजुङको घलेगाउँलाई पृष्ठभूमिमा राखेर छायांकन गरिएको छ। भिडियो कृष्णबहादुर थापाले तयार पारेका हुन्। सुरेन्द्र बस्नेतले निर्देशन र कोरियोग्राफी गरेको भिडियोमा भुवन लोहनी र अर्बिशा थापाले अभिनय गरेका छन्।











प्रतिक्रिया