काठमाडौँ ।
नेकपा एमालेका नेता विष्णु रिमालले पार्टीले वितरण गरेको टिकटलाई लिएर विवाद नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले आम निर्वाचन पार्टीले सामूहिक रूपमा लड्ने प्रक्रिया भएको उल्लेख गर्दै, उम्मेदवार वा प्रचारक जुनसुकै भूमिकामा भए पनि सबैको उद्देश्य पार्टीलाई जिताउनु नै भएको बताए।
रिमालले टिकट नपाउनेले अर्को पटक अवसर पाउने भन्दै अहिले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। पार्टीमाथि घेराबन्दी र आक्रमण तीव्र रहेको उल्लेख गर्दै उनले एमाले निर्णायक राष्ट्रिय शक्ति नबन्दासम्म देश रूपान्तरणका काम पूरा नहुने बताए। आगामी निर्वाचन ‘बनाउने र भत्काउने’ शक्तिबीचको जनमत सङ्ग्रहसमेत भएको उनको भनाइ छ।












प्रतिक्रिया