काठमाडौँ ।
दैलेख–२ बाट नेकपा एमालेका कार्यकर्ताको पहिलो रोजाइमा परे पनि नेतृत्वको रोजाइमा पर्न नसकेको भन्दै युवा नेता विष्णु रिजालले असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले जिल्ला र प्रदेश कमिटीबाट पहिलो नम्बरमै सिफारिस भए पनि तेस्रो पटक टिकट नपाएको उल्लेख गरेका छन्।
उम्मेदवार छनोट प्रक्रियामा आफूलाई साथ र सहयोग गर्ने नेता, कार्यकर्ता तथा दैलेख–२ का जनताप्रति आभार व्यक्त गर्दै रिजालले अपेक्षा पूरा गर्न नसकेकोमा क्षमायाचना गरेका छन्। पार्टीले अनुभवी नेता लक्ष्मीप्रसाद पोखरेललाई पुनः टिकट दिएको प्रसंग उठाउँदै उनले नेतृत्वको रोजाइमा पर्न सक्ने क्षमताप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
राजनीतिमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउँदै रिजालले आफू फुट र विभाजनको पक्षमा कहिल्यै नलागेको स्पष्ट पारेका छन्। साथै, व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने प्रवृत्तिको आलोचना गर्दै आगामी दिनमा पनि दैलेख र पार्टीका लागि संघर्षरत रहने बताएका छन्।












प्रतिक्रिया