प्रतिनिधिसभा निर्वाचनकालागि उदयपुरको दुबैक्षेत्रबाट उम्मेदवार चयन

1.13k
Shares

उदयपुर ।

नेकपा (एमाले) उदयपुरले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीले क्षेत्र नं. १ मा दुर्गा कुमार थापा ‘स्वस्ती’ र क्षेत्र नं. २ मा अम्बरबहादुर रायमाझीलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो ।

क्षेत्र नं. १ ः दुर्गा कुमार थापा ‘स्वस्ती’
उदयपुर निर्वाचन क्षेत्र नं. १ बाट एमालेले दुर्गा कुमार थापा ‘स्वस्ती’लाई उम्मेदवार बनाउने भएको छ । बेलका नगरपालिकाका पूर्वमेयर समेत रहेका थापाको यस क्षेत्रमा बलियो संगठनात्मक पकड रहेको एमाले नेताहरूले बताएका छन् । पार्टीका युवा नेता तथा स्थानीय स्तरमा लोकप्रिय थापालाई उम्मेदवार बनाएपछि क्षेत्र नं. १ मा एमालेको जित सुनिश्चित हुने विश्वास पार्टीले लिएको छ ।

क्षेत्र नं. २ ः अम्बरबहादुर रायमाझी
यसैगरी, निर्वाचन क्षेत्र नं. २ बाट निवर्तमान सांसद तथा पार्टीका स्थापित नेता अम्बरबहादुर रायमाझीलाई नै एमालेले दोहो¥याउने भएको छ । यसअघि पनि सोही क्षेत्रबाट विजयी भएका रायमाझी पुराना र अनुभवी नेता मानिन्छन् । उनको उम्मेदवारीले क्षेत्र नं. २ मा एमालेको स्थिति थप मजबुत बनेको पार्टी स्रोतले जनाएको छ ।

एमाले उदयपुरले दुवै उम्मेदवारको नाम सर्वसम्मत रूपमा टुङ्गो लगाएको जनाएको छ । उम्मेदवार घोषणासँगै दुवै क्षेत्रमा चुनावी गतिविधि तीव्र पारिने र विजय प्राप्त गर्ने गरी रणनीति बनाइने पार्टी नेताहरूले बताएका छन् ।