उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा माघे सकराति मेला तथा हुर्रा महोत्सव २०८२ भव्य रूपमा मनाइएको छ ।
नेपाल मगर संघ त्रियुगा नगर कमिटी उदयपुरको आयोजना र नेपाल मगर संघ वडा कमिटी त्रि.न.पा.–१० को सह–आयोजनामा शनिबार बोक्सेस्थित गंगा खेल मैदानमा यो मेला तथा महोत्सव आयोजना गरिएको हो ।

‘मगरात सभ्यता र पहिचान दस्तावेजीकरणको दशक मनाऔँ, गरौँ मगर हुनुमा गर्व’ तथा ‘प्रकृति–पित्र–चेली पुजाको मूल सांस्कृतिक चाडको रूपमा मनाऔँ माघेसकराति पर्व’ भन्ने मुल नाराका साथ सञ्चालित यो महोत्सवको उद्घाटन त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले गर्नुभयो ।
महोत्सवमा मगर नृत्य र सांस्कृतिक झाँकी नृत्य प्रस्तुत गरिएको थियो। यसका साथै, लोकप्रिय गायक सागर आले मगर, शिब थापा मगर र गायिका पुजा क्यापछाकी मगरको बेजोड प्रस्तुतिमा हुर्रा नृत्यले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।
यो मेला तथा महोत्सवले माघे सकराति पर्वको महत्वलाई उजागर गर्दै मगर समुदायको मिनाम ल्हेस ५०१९ (नयाँ वर्ष) को सुरुवातलाई पनि जोड दिएको छ । कार्यक्रमले मगर संस्कृति, परम्परा र पहिचानको संरक्षणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । स्थानीय समुदायका साथै बाह्य पर्यटकहरूले पनि यसलाई उत्साहपूर्वक मनाएका थिए ।











प्रतिक्रिया