कुटुम्बसँग स्वास्थ्य र संगीत


काठमाडौं महानगरपालिका वडा नम्बर १९, नेशनल बाथरोग सेन्टर र भ्वाइस अफ वुमन मिडियाकोे सहकार्यमा राजधानीमा स्वास्थ्य र संगीत ः कुटुम्बसग नामक कार्यक्रम सम्पन्न भएको छ।


ढोकाटोल, कम्पुकोटस्थित अरुणोदय विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा कुटुम्बका साथमा विभिन्न समूहको सांगीतिक प्रस्तुतिस“गै बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क युरिक एसिड, सुगर, सीपीआर, इसीआरलगायतका रक्त परीक्षण सेवा उपलब्ध गराइएको थियो। स्वास्थ्य क्याम्पमा सबै उमेर समूहका वडावासी तथा सर्वसाधारणले सहभागी भई आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए।


कार्यक्रममा स्वास्थ्य सेवास“गै महिला उद्यमीहरूका स्टल, विभिन्न परिकारका खानाका स्टल, फेस पेन्टिङ, ट्यारोट रिडिङ तथा आकर्षक सांस्कृतिक बाजा–खलहरूको विशेष प्रस्तुति प्रस्तुत गरिएको थियो। कार्यक्रममा लोकप्रिय सांगीतिक समूह कुटुम्बका साथमा प्रसाद आनन्द, सजग, नेपाल राष्ट्रिय खड्गी समाज १९ वडा शाखा, चसानद्व सनगु खलः, शुभम्को शास्त्रीय सितार र धिमे बाजाका संगीत प्रस्तुत गरिएका थिए।

साथै, स्टल क्षेत्रमै जुनकिरी नारीवादी पुस्तकालयको कर्नर सञ्चालन गरिएको थियो। जहा“ सहभागीहरूले विभिन्न साहित्यिक कृतिहरू अवलोकन गर्न तथा कार्यक्रमकै क्रममा पुस्तक पढ्न पाउने अवसर पाएका थिए।
कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। स्वास्थ्य जा“चस“गै संगीत, सांस्कृतिक तथा साहित्यिक गतिविधिको आनन्द लिन पाउ“दा सहभागीहरू उत्साहित भएका थिए।