परानले मनायो ७५ औँ दिन


सामाजिक र पारिवारिक कथामा बनेको फिल्म परानले प्रदर्शनको ७५औ“ दिन पूरा गरेको छ।
सो अवसरमा निर्माण टिमले केही दिनका लागि टिकटमा ७५ रुपैया“ छुटको व्यवस्था गरेको छ। परानले गत शनिबार (७२ औ“ दिन) सम्म १७ करोड ७४ लाख २२ हजार १ सय ९० रुपैया“ ग्रस कलेक्सन गरेको राष्ट्रिय बक्स अफिसको तथ्यांकमा दखिएको छ।

दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्ममा उनकै कथा रहेको थियो भने पटकथा र संवाद यम थापाको रहेको थियो। व्यावसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापित बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा बनको फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काप्mले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, बाल कलाकार आर्यादीप आचार्यलगायतका कलाकारले अभिनय गरेका छन्।