मिसेस वल्र्डमा नेपालबाट सञ्जुले प्रतिनिधित्व गर्ने


विश्वका विवाहित महिलाहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्ड २०२६ मा नेपालबाट मिसेस नेपाल इन्टरनेशनल सञ्जु भट्टले प्रतिनिधित्व गर्ने भएकी छन्।

अमेरिकाको लस भेगासमा आगामी जनवरी २२ देखि ३० सम्म हुने उक्त प्रतियोगितामा सञ्जुले नेपालको तर्फबाट सहभागिता जनाउन लागेकी हुन्। मंगलबार राजधानीको नया“ बानेश्वरस्थित इन्द्रेणी सुइट होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले सञ्जुको सहभागिताबारे औपचारिक जानकारी गराएका हुन्।

सम्मेलनमा सञ्जुले मिसेस वल्र्ड २०२६ मा नेपालको गौरव बढाउने प्रतिबद्धता व्यक्त गर्दै उत्कृष्ट तयारीका साथ विश्व मञ्चमा उत्रिने बताइन्। ‘मिसेस नेपाल इन्टरनेशनलको उपाधि जितेस“गै म नेपाललाई अन्र्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने तयारीमा थिए“। मिसेस वल्र्डमै सहभागीता जनाउन पाउनु मेरो लागि निकै गौरवको कुरा हो। म आफ्नोतर्फबाट पूरा उर्जाका साथ नेपाललाई विश्व मञ्चमा प्रतिनिधित्व गर्नेछु’ पत्रकार सम्मेलनमा भट्टले भनिन्। मिसेस नेपाल वल्र्ड २०२५ विजेता रक्षा पन्त व्यक्तिगत तथा व्यावसायिक कारणले प्रतियोगितामा सहभागी हुन नसक्ने भएपछि उनको स्थानमा सञ्जु भट्टलाई नेपालको प्रतिनिधि चयन गरिएको हो।

समारोहमा मिसेस नेपालका कोरियोग्राफर आश्विीनीकान्त झाले सञ्जुलाई शुभकामना दि“दै उनले मिसेस वल्र्डमा नेपालको नाम स्वर्णीम अक्ष्ँरले लेख्ने र नेपाल तेस्रोपटक मिसेस वल्र्डमा सहभागी हुने जानकारी गराए। मिसेस नेपाल वल्र्ड २०२५ की विजेता रक्षा पन्तले आफूले व्यक्तिगत तथा व्यवसायिक कारण मिसेस वल्र्डमा भाग लिन नसकेको जनाउ“दै सञ्जुलाइ प्रतियोगीतामा जितको शुभ कामना व्यक्त गरिन्।

मिसेस नेपाल वल्र्डको कानुनी सल्लाहकार, अधिवत्ता तथा कलाकार कृष्ण ढुंगानाले पेसाले डाक्टर समेत रहेकी सञ्जुले नेपाललाई मिसेस वल्र्डमा चिनाउनेमा आफू ढुक्क रहेको जनाउ“दै रक्षाले आफ्नो परिस्थितीका कारण उदार बनेर आफ्नो स्थानमा सञ्जुलाई सहभागीता जनाउन दिएकोमा प्रशंसा गरे। त्यस्तै सल्लाहकार तथा पत्रकार विदुर गिरीले सञ्जुले मिसेस वल्र्डमा सहभागी भएर केहि न केहि उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।

मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिबन इन्टरटेन्मेन्टका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले सञ्जुको आत्मविश्वास, सशक्त व्यक्तित्व, सामाजिक चेतना तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान प्रस्तुत गर्ने क्षमताको आधारमा मिसेस वल्र्डमा प्रतिनिधित्व गराउने निर्णय गरिएको बताए। प्रतियोगितामा सञ्जुले प्रस्तुत गर्ने नेशनल कस्ट्युमको डिजाइन आईआईएफटी नेपालले तयार पार्दैछ।