हाउडे मायाको युरोप टुर


चर्चित लेडी ¥यापर तथा गायिका सिर्जना खत्री (हाउडेमाया) हालै युरोपको सफल सांगीतिक टुर सम्पन्न गरी नेपाल फर्किएकी छन्।


नया“.वर्ष सन् २०२६ को छेकोमा आफ्नो टुर सकेर स्वदेश फर्किएकी लेडी ¥यापर खत्रीले युरोप यात्राका अनुभवहरू साझा गर्दै यो टुर आफ्नो करिअरका लागि स्मरणीय रहेको बताएकी छन्।

मामा माङफोल्ड नेपाल– नोर्गेद्धारा आयोजित मल्टिकल्चर शोकेसअन्तर्गत उनले स्विजरल्याण्ड, बेल्जियम, नर्वेलगायतका देशमा सा“गितिक प्रस्तुति दि“दै दर्शकको मन जितेकी थिइन्। करिब तीन हप्ता लामो युरोप बसाइका क्रममा उनी आफ्नो सांगितीक प्रस्तुतिसहित नर्वे, पेरिस, स्विजरल्याण्ड, नेदरल्याण्ड र बेल्जियमलगायतका देशमा घुमघाम गरेकी थिइन्। सिर्जनाले नेपाली तथा युरोपेली दर्शकको मायाले आफूलाई थप प्रेरणा मिलेको बताईन्। गीत संगीतमा निरन्तरता नया“ प्रयोग र अन्तर्राष्ट्रिय उपस्थितिमार्फत सिर्जना खत्री नेपाली आधुनिक तथा ¥याप संगीतमा आफूलाई थप सशक्त रूपमा स्थापित गर्दै अघि बढिरहेकी छन्।

युरोप टुरमा निस्कनु अघि सिर्जनाले आफ्नो नया“ गीत एक नम्बर हरामी सार्वजनिक गरेकी थिईन्। सो गीतले सामाजिक सञ्जाल टिकटकलगायतमा छोटो समयमै उल्लेख्य चर्चा बटुल्दै दुई मिलियन भ्यु नजिक पुगिसकेको छ। आफ्ना प्रत्येक गीतमा फरक स्वाद पस्कने सिर्जनाको यो गीतमा पनि फरकपन महसुस गर्न सकिन्छ।

गीतमा गायक रोहित साउदको पनि स्वर समावेश छ। खत्रीकै शब्द र संगीत रहेको गीतमा स्वयं सिर्जना खत्रीसहित चर्चित द्वन्द निर्देशक राजेन्द्र खड्गी, प्रेमा लाम्गाडे, रोहित साउद, पूर्णिमा शाह र विवश ओली फिचर्ड छन्। भिडियोको निर्देशन नितिन चन्दले गरेका छन् भने कोरियोग्राफी सीयोन श्रेष्ठको रहेको छ। विनोद विष्टको छाया“कन र सौखिन तिमल्सिनाको सम्पादन रहेको सो गीत सिर्जनाले आफ्नै युट्युब च्यानलमार्फत रिलिज गरेकी हुन्। उनी हाल विभिन्न जिल्लामा भईरहेका मेला महोत्सवमा व्यस्त छिन्।