नेपाली समाजको यथार्थ, राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने जनआवाजलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म बिगुलको ट्रेलर सार्वजनिक गरिएको छ।
रमेश कोइरालाद्वारा निर्देशीत फिल्मको तीन मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी, सामाजिक न्याय, पारिवारिक उल्झन, पुस्ताबीच बिचारको मतभेद, जिम्मेवारी तथा निमुखा जनतामाथि राजनैतिक नेतृत्वले गर्दै आएको खेलबाडको बिषय प्रस्तुत गरिएको छ। ट्रेलरमा नरेन खड्का, बेनीशा हमाल, बिनोद न्यौपानेलगायतले युवा पुस्ताको भावना सम्प्रेषित गरेका छन्।
दिनेश कोइरालाको कथा र निर्माण, कल्पना पौडेलको प्रस्तुति, सूर्य कान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको फिल्ममा बेनीशा हमाल, नरेन खड्का, विनोद न्यौपाने, सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह, हेमन्त बुढाथोकी, शिशिर वाङदेल, जेएन घिमिरे, गीता अधिकारी, मानश्री शर्मालगायतका साथमा रवीन्द्र खड्का विशेष भूमिकामा छन् भने नवनायिकाका रुपमा मिरा पण्डितले डेब्यु गरेकी छिन।
आगामी माघ ९ गते रिलीजमा आउने फिल्ममा का“ग्रेस महामन्त्री बिश्वप्रकाश शर्माका साथमा अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत, शिव ढकालको छाया“कन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ।











प्रतिक्रिया