गायक तथा संगीतकार सागर पाख्रिन तामाङले नया सांगीतिक कोसेली ल्होसार डेनमुला सार्वजनिक गरेका छन्।
तामाङ ल्होसारको सांस्कृतिक भाव, तामाङहरूको कला, धर्म र परम्परालाई जीवन्त रूपमा समेटिएको गीतमा सागरले गायिका सुमिना लो तामाङस“ग सहकार्य गरेका छन्। गीतमा सागर स्वयम्को संगीत, चन्द्र दोङ राजुको शब्द रचना तथा अर्पण थेङ तामाङको एरेन्जमेन्ट र मिक्सिङ रहेको छ।
गीत अर्पण स्टुडियो (नेपाल) र जीपी स्टुडियो (जापान) मा रेकर्ड गरिएको गीतको भिडियोमा तामाङ संस्कृतिको दृश्यात्मक सौन्दर्यलाई कलात्मक ढंगले उतारिएको छ। भिडियोले तामाङ समुदायको मौलिक पहिचान, संस्कार र सामूहिक जीवन शैलीलाई संगीत र दृश्यमार्फत सशक्त रूपमा प्रस्तुत गरेको छ।
भिडियोमा अमिर दोङ, रिया लामा, कुइसाङ रुम्बा, छिरिङ लामा एञ्जला लामा, सावित्री लामालगायतले अभिनय गरेका छन्। ल्होसारको सांस्कृतिक र भावनात्मक सौन्दर्य झल्काउने भिडियोमा निर्देशन, छाया“कन, सम्पादन र कलर सूर्य लामाको रहेको छ। त्यसगरी नृत्य निर्देशन सरस्वती धमला, छाया“कन जेनिश तामाङ, कला निर्देशन मानिक पाख्रिनको रहेको छ। भिडियो सागर पाख्रिन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।











प्रतिक्रिया