नवलपरासी।
हिउदयाममा पाहुनाका रूपमा नेपाल आउने तथा रैथाने चराको संख्यामा यस र्बष वृद्धि भएको छ ।
भर्खरै सम्पन्न एसियन जलपंक्षी गणना तथ्यांक अनुसार चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्र नारायणी नदी र आसपासका तलाउमा गत वर्ष भन्दा धेरै चरा गणना भएका छन् ।
एसियन जलपंक्षी गणना पश्चिम सेक्टर संयोजक डिबि चाैधरीका अनुसार नारायणी नदीमा यस पटक ४२ प्रजातिका १२ हजार ८ सय ८७ चरा भेटिएका छन् ।
नारायणी नदीको दक्षिण मुख्य भंगालाे,सिख्राैली-कुजाैली, पिठाैली,अमलटारी र बघुवन सम्मका ५ स्थानलाई आधार बनाई गरिएको जलपंक्षी गणनामा गतसाल भन्दा ३ हजार ३ सय ३९ चरा धेरै भेटिएकाे चाैधरीले बताए ।

नारायणीकाे पश्चिम क्षेत्र अमलटारीदेखि बघुवन सम्ममा २६ प्रजातिका ७ सय ९४ चरा, पिठाैली अमलटारी बीचमा २९ प्रजातिका ४ हजार ३ सय ८५ र कुजाैली पिठाैली खण्डमा ३० प्रजातिका ३ हजार ५ सय जलपंक्षी अद्यावधिक गरिए ।
त्यसैगरि सिख्राैली देखि कुजाैली सम्मका नारायणी नदीको उत्तरी भङ्गालाे आसपास २२ प्रजातिका १ हजार ४ सय ९४ र नदिकाे दक्षिणी मुख्य बहाव क्षेत्र सिख्राैली देखि अमलटारीघाट सम्ममा ३० प्रजातिका २ हजार ७ सय १४ चरा गणनामा समावेश गरिएको टोलीमा सहभागी पक्षी संरक्षणकर्मी चाैधरीले बताए ।
उनका अनुसार सन २०२४ र २५ काे जलपंक्षी गणनामा निकुञ्जको पश्चिम क्षेत्र नारायणी नदी र त्यस आसपासमा ४१ प्रजातिका क्रमश १० हजार २ सय ५७ र ९ हजार ५ सय ४८ जलपंक्षी अद्यावधिक भएका थिए ।
जसमा बिगतका वर्षमा हराए सरहका रूडिसेल डक भनिने चखेवा,कमन क्रेन अर्थात लक्ष्मण सारस ,ग्रेटर ह्वाइट फ्राेन्टेड गुज श्वेतमाछा कलहास,रेडक्रिस्टेज पाेर्च सुनजुरे हाँस र युरासिएन उईगन अर्थात सिन्दुरे हाँस प्रजातिका जलपंक्षीहरू यस पटक उल्लेख्य संख्यामा देखिएका छन् ।
जलपंक्षी गणनाका लागि स्वयंसेवी रूपमा चराविद्,निकुञ्ज कर्मचारी, निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना,नेचर गाईड एसाेसिएसन नवलपुर र सञ्चारकर्मी सहितको ५० जनाकाे टोली परिचालित रहेको थियो ।
त्यसै गरी जिल्ला स्थित टाइगर टप्स थारू लज,जटायु रेष्टुरेन्ट व्यवस्थापन समिति,हिमालयन वाइल्ड लाईफ सेन्चुरी,टेम्पल टाईगर,मचान कन्ट्री भिल्ला, नवलपुर थारू रिसाेर्ट, थारू व्रिज लज, हेवन ग्रिन जंगल रिसाेर्ट लगायत हाेटल तथा पर्यटन व्यवसायीहरूकाे गणना कार्यमा साथ सहयोग रहेको बताइन्छ ।
हरेक वर्ष जनवरी महिनाकाे दाेश्राे र तेस्रो साता गरिने जलपक्षी गणना वेटल्याण्ड ईन्टर नेसनलकाे समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पक्षी संरक्षण संघ लगायत विभिन्न संघसंस्थाकाे पहलमा जलपंक्षीकाे तथ्यांक संकलन तथा अध्यावधिम गर्ने कार्य सन १९८७ देखि हुँदै आएको छ ।

गणनाका क्रममा देखिएकाे नदी नाला र तालमाथि बढ्दो प्रदूषण, अवैज्ञानिक बिकास निर्माण, नदीको धार परिवर्तन र अव्यवस्थित पर्यटनले जैविक विविधताका क्षेत्रमामा पुगेको असरले भने संरक्षणकर्मीहरू चिन्तित बनेका छन् ।
त्यसैगरि चितवन राष्ट्रिय निकुञ्ज पूर्वी क्षेत्रकाे रिउ, रापति, लाेथर खाेला सहितका १० स्थानमा केन्द्रित रहेर जलपंक्षी गणना कार्य गरिएको नेपाल पंक्षीविद संघका बाग्मती संयोजक वासु बिडारीले बताए ।
चितवनकै बुढी राप्ती, राप्ती दाेभान, तमाेर,पटना, लामीताल,लाेथर,जिन्दगानीघाट,चित्रसारी, बीस हजारी,ढुङ्रेखाेला,साैराहा लगायतका क्षेत्रमा जलपंक्षी गणना गरी अद्यावधिक गरिएको छ ।
संयोजक बिडारीका अनुसार अघिल्ला वर्षमा कम देखिएका ७ प्रजातिका नयाँ चरा यस पटक देखिए पनि आगन्तुक चखेवाकाे विचरण भने घटेकाे छ ।
विभिन्न ६२ प्रजातिका ५ हजार ८ सय ४८ चरा गणनाका क्रममा चितवनमा अद्यावधिक गरिएको हाे । विगत वर्ष ५५ प्रजातिमात्र देखा परेका थिए ।
यस पटक कुर्मा, तिलहरी चरा,प्रवलपाद,लामाे ठुडे राज पुत्रिका,बिजुला गैडे,ध्वासे सि कुखुरा र मलाहा चील चितवन क्षेत्रमा थप देखा परेका छन् ।
चितवन तर्गफकाे गणनामा राष्ट्रिय प्रकृति संरक्षण काेष, निकुञ्ज,विभाग,वर्ड एजुकेसन साेसाईटी,नेपाल पंक्षीविद संघ,सामुदायिक वन व्यवस्थापन समिति, पर्यटन व्यवसायीहरू जिप सफारी,डुङ्गा सफारी, नेचरगाइड एसाेसियसन लगायतकाे सहयोग तथा सहभागिता रहकाे थियो ।
विश्वमै दुर्लभ एक सिंगे गैंडा, पाटेबाघ लगायत वन्यजन्तुकाे वासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका खाेला, नदी , तलाउ र वनजंगलमा गरी ६ सय ६२ प्रजातिका चराचुरुङ्गी पाइने गर्दछन् ।











प्रतिक्रिया