काठमाडौं ।
आठौं ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा हिमरश्मिका अंकित अधिकारी र न्युटनकी अनिता बुढले बिहीबार स्वर्ण जितेका छन् । अंकित छात्र तथा अनिता छात्रामा पहिलो भएका हुन् ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको प्रतिस्पर्धामा अंकितले निर्धारित दूरी ६२.१४ सेकेन्डमा पूरा गरे । न्यु एराका पेम्बा तमु र ज्ञान मन्दिरका विकास गुरुङ तेश्रो भए । अनिताले १ मिनेट १६ सेकेन्डमा निर्धारित दूरी तय गरिन् । कौशलकी रोशिका महराले रजत र विभूतिकी वर्षा श्रेष्ठले कांस्य जिते ।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा भइरहेको प्रतियोगतिाको छात्र १ सय मिटर दौडमा कौशलका करण भुल १२.५२ सेकेन्ड समयसाथ पहिलो भए । सेक्रेड हार्टका विक्रान्त खतिवडा दोश्रो र विभूतिका सुप्रित सापकोटा तेश्रो बने । सोही स्पर्धाको छात्रामा कौशलकी सेमिनु लामाले निर्धारित दूरी १५.२८ सेकेन्डमा पूरा गर्दै पहिलो भइन् । प्रगतिकी दिप्शिका थापा दोश्रो तथा हिमरश्मि सविना थापा तेश्रो भए ।











प्रतिक्रिया