सुर्ज भेट्रानमा पहिलो


ललितपुर ।

वडा ११ का सुर्ज श्रेष्ठले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । उनले भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा बिहीबार पहिलो भई स्वर्ण जितेका हुन् । सुर्जले फाइनलमा वडा १९ का निशान प्रधानलाई ११–७, ११–७, ९–११, ७–११ र ११–६ को सोझो सेटमा पराजित गरे । वडा १६ का किरणमुनि वज्राचार्य र वडा ११ का नदिमरत्न शाक्य तेश्रो भए ।

ललितपुर महानगरपालिकाको कनिबहालस्थित आयोजक वडा ६ को हातामा भइरहेको प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा वडा १६ का प्रकाश धाक्वा पहिलो भए । उनले फाइनलमा वडा १९ का जग्दिश्वर जोशीलाई ११–९, ६–११, ११–५, ४–११ र ११–७ को सेटमा हराए । वडा ११ का सुमन खड्गी र वडा १० का आनन्द धाक्वा संयुक्त रुपमा तेश्रो स्थानमा रहे ।