चलचित्र विकास बोर्डले स्वदेशी फिल्मको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरेको छ।
बोडले सेलुलोइड प्रविधिमा निर्माण भई हालसम्म डिजिटल स्वरूपमा रूपान्तरण नगरिएका स्वदेशी फिल्मलाई डिजिटल माध्यममा सुरक्षित राखी संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ।
‘पुराना स्वदेशी फिल्म केवल मनोरञ्जन मात्र होइनन्, ती हाम्रो समाज, समय र इतिहासका दस्तावेज हुन्। डिजिटाइजेशनमार्फत यस्ता फिल्मको संरक्षण गर्नु आजको आवश्यकता हो। यस कार्यक्रमले हराउ“दै गएका फिल्मलाई सुरक्षित राख्दै नया पुस्तासम्म पुर्याउन सहयोग पुग्नेछ’ बोर्ड अध्यक्ष दिनेश डिसीको भनाई छ।
बोर्डले यस कार्यक्रममार्फत पुराना स्वदेशी फिल्मको दीर्घकालीन संरक्षण, अध्ययन–अनुसन्धान तथा अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली फिल्मको पहु“च विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।











प्रतिक्रिया