जनताको आवाजमा बिगुल


भुईंमान्छको कथा बोकेको भनिएको फिल्म बिगुलमा समाबेश गीत आउ यस्तो देश बनाऔं सार्वजनिक गरिएको छ।
नेपाली काग्रेस महामन्त्री बिश्वप्रकाश शर्माको शब्द रचना र संगीत रहेको गीत राजेशपायल राईले गाएका छन्। गीतमा फिल्मका सबै प्रमुख कलाकारलाई प्रस्तुत गरिएको छ। ओएसआर डिजिटलबाट सार्वजनीक गीतमा देशप्रेम, राष्ट्रभक्ति, समाबेशीता, शान्ति र जनजागरणको सन्देश प्रस्तुत गरिएको छ। राष्ट्रिय झण्डासहित देशमा सुसाशन, बिकास र शान्तिको सन्देश फैलाउन कलाकारहरु घरदैलो जागरणात्मक अभियानमा लागेको गीतमा देखाइएको छ। देश आम निर्वाचनमा होमिन लागेको बेलामा सार्वजनीक गीतले चुनावी माहौलको झल्को दिएको छ।

रमेश कोइरालाको निर्देशन तथा दिनेश कोइरालाको कथा र निर्माण रहेको फिल्म आगामी माघ ९ गते रिलीजमा आउ“दैछ। कल्पना पौडेलको प्रस्तुति रहेको फिल्म भुईंमान्छको कथा र समृद्ध नेपालको कल्पनालाई आव्हान गरिएको फिल्म भएको निर्देशक कोइरालाले बताए। ‘देशको समसामयिक घटनाक्रम अनि राजनैतिक बिषयमा आधारित कथाबस्तु भएपनि फिल्म पूर्ण ब्याबसायिक ध्ययेले निर्माण गरेका छौ“। फिल्ममा समाज जागरणको सन्देशका साथमा भरपुर मनोरञ्जन प्रस्तुत गरेका हौ“’ उनले भने।

बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायतले अभिनय गरेको फिल्ममा पटकथा र सम्वाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठ, संगीत बिश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईं, नृत्य निर्देशन कमल राई र कविराज गहतराज, द्वन्द्व निर्देशन एनवी महर्जन, छाया“कन शिब ढकाल र सम्पादन तारा थापा ‘किम्भे’ को रहेको छ। म्याग्नोलिया ग्रुपको ब्यानरमा बनेको फिल्ममा महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेका छन्।