संगीतकार बासकोटालाई मातृशोक


ख्यातिप्रँप्त संगीतकार, गायक तथा गीतकार शम्भुजीत बासकोटालाई मातृशोक परेको छ।
संगीतकार बासकोटाको १ सय ६ वर्षिया आमा मिठ्ठु बासकोटाको उपचारको क्रममा आइतबार बिहान निधन भएको हो।

मिटुको स्वास्थ्यमा समस्या देखिएपछि चावहिलस्थित ओम अस्पताल लगिएको र उपचारकै क्रममा उनको निधन भएको हो। मिटुको आईतवार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

मिटुका एक छोरा शम्भुजीतका साथमा ३ छोरी छन्।