चेतन राईको स्वर तथा संगीतमा मेरो देश नेपाल बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ।
गीतमा शब्द रचना राजाराम पौडेल र एरेञ्जमेन्ट सबिर कार्कीको रहेको छ।
गीतको भिडियोमा चेतन राई, प्रवीण पुरी, सागर बासेल, अनिता पराजुली, समीक्षा पौडेल, रिता आच्छामी, सुमी लामा, बाल कलाकार चिरायु विक्रम राई र चाहना राईले अभिनय गरेका छन् भने छाया“कन सविन तिमल्सिना र सम्पादन तथा रंग संयोजन राज धामीको रहेको छ। भिडियोको निर्देशन गायक तथा संगीतकार चेतन राईले नै गरेका छन्।
गीत पूर्व उपसचिव, भाषा आयोगकी सदस्य एवम् साहित्यकार उषा हमालको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो।











प्रतिक्रिया