काठमाडौं।
रुकुम पश्चिम ट्रेनिङ सेन्टर नवौं एनभिए च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न तेस्रो क्वार्टरफाइनलमा रुकुमले नेपाल एपीएफ क्लबलाई ३–१ सेटले स्तब्ध तुल्याउँदैं अन्तिम चारमा स्थान बनाएको हो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको सो खेलको पहिलो एपीएफले जितेको थियो । तर, यसपछि रुकुमले लगातार तीन सेट २५–२०, २५–१६ र २५–२० ले जितेको थियो ।
यसअघिका क्वार्टरफाइनल खेलहरू जित्दै साबिक विजेता हेल्प नेपाल क्लब र नेपाल पुलिस क्लबले अन्तिम चारको यात्रा तय गरेका थिए । हेल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबको चुनौती ३–० को सोझो सेटमा समाप्त पारेको थियो । यस्तै, पुलिसले कोशी प्रदेश भलिबल संघलाई ३–० कै सोझो सेटमा पराजित गरेको थियो ।
यसैगरी अन्तिम क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको थियो । आर्मीले खिल्जी युवा क्लबलाई सीधा सेटमा पराजित गरेको थियो । योसँगैं आज हुने सेमिफाइनलका खेलहरुमा आर्मीले रुकुमसँग र पुलिसले हेल्प नेपालसँग खेल्ने छन् ।











प्रतिक्रिया