पौराणीक कथामा आधारित म्यूजिक भिडियो सार्वजनिक भएको छ।
पल्सप्लस इन्टरटेनमेन्ट तथा धर्मी इन्टरटेनमेन्ट प्रालिले विश्वामित्र शिर्षकको गीतमा भिडियो निर्माण गरेको हो। नेपाली सांगितिक क्षेत्रमा नयाँ प्रयोगको रुपमा संस्कृत शब्दसहितको ¥यापको प्रयोग गरिएको गीत राजा ऋषी विश्वामित्र तथा ईन्द्रले पठाएका अप्सरा मेनाकाको पौराणीक कथामा आधारीत छ।
अमेरिकामा बसोबास गर्दै आएको पुष्कर पन्तद्वारा रचित गीत गायकगायिका दम्पती रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेले गाएका छन्। कोरियोग्राफर राजिव समरले नृत्य निर्देशन गरेको भिडियोको छायांकन बिशाल थापाले गरेका छन् भने बिक्रम तामाङले निर्माण संयोजन गरेका छन्।
भिडियोमा मेनका र बिश्वामित्रको भूमिकामा अभिनेत्री लोसिना लामिछाने र अभिनेता बद्रिप्रसाद तिवारीले अभिनय गरेका छन्। बिज्ञापन क्षेत्रबाट सांगितिक क्षेत्रमा आफ्नो यात्रा थालेका मीरेश अधिकारी तथा शिव पोैडेलद्वारा निर्देशीत म्यूजिक भिडियोको निर्माता पुष्कर पन्त स्वयं हुन् भने कार्यकारी निर्माता धर्मी इन्टरटेनमेन्ट प्रालिर मीरेश अधिकारी रहेका छन्।











प्रतिक्रिया