झरीपछिको इन्द्रेणीको कमाई कमजोर

हर्षको रुवाउने खालको, अभिमन्यूको उराठलाग्दो


पछिल्लो समयमा रिलीजमा आएका नेपाली फिल्मलाई लगानीको सानो अंशसमेत उठाउन धौधौ परिरहेको छ। पछिल्लो समयमा बजारमा आएका यी फिल्मको कमाई उराठलाग्दो र कमजोर देखिएको छ।


काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाह स्वयंले प्रत्यक्ष सक्रियता देखाए पनि र आपै“mले गीत गाईदिएर आप्mनै युट्युब च्यानलबाट गीतसमेत रिलीज गरिदिए पनि फिल्म झरीपछिको इन्द्रेणी बक्स अफिसमा कमजोर सावित भएको छ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार अर्जुन घिमिरेले निर्देशन गरेको फिल्मले गत शनिबारसम्म केवल ६२ लाख ६९ हजार ४ सय ७५ रुपैया“मात्र ग्रस कलेक्सन गरेको छ। गत पुष ४ गते रिलीजमा आएको फिल्मको १९ हजार ७ सय ९३ टिकटमात्र बिक्री भएको बक्स अफिस रिपोर्टले देखाएको छ।

झरीपछिको इन्द्रेणीमात्र नभई पछिल्लो समयमा रिलीजमा आएका नेपाली फिल्महरू व्यापारिक रुपमा दयनिय ढंगले कमजोर सावित भएका छन्। निकै नै हल्लाखल्ला गरिएको फिल्म अभिमन्यू च्याप्टर १ ले २१ लाख ५० हजार ४ सय २ रुपिया“मात्र ग्रस कलेक्सन गरेको बक्स अफिस रिपोर्टले देखाएको छ। ५÷५ पटकसम्म रिलीज डेट सारेर गत मंसिर १८ गते रिलीजमा ल्याईएको सुशान्त गौतमद्वारा निर्देशित फिल्मको केवल ६ हजार ८ सय ६१ टिकट विक्रि भएको पाइएको छ।

हर्ष नामक अर्को फिल्मको कमाई रुवाउने खालकै छ। ख्यातिप्राप्त फिल्म लेखक तथा निर्देशक स्व. शिव रेग्मीको भान्जी एकता पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्मले २८ लाख ७८ हजार ८ सय ३६ रुपिया“मात्र ग्रस कलेक्सन गरेको छ। गत मंसिर १२ गते रिलीजमा ल्याइएको फिल्मको केवल ८ हजार ८ सय ६८ वटामात्र टिकट विक्री भए।

मंसिर २६ गते रिलीजमा आएको अर्को फिल्म लोकन्तीले केवल ४ लाख १२ हजार ५ सय ४० रुपिया“ ग्रस कलेक्सन गरेको छ। फिल्मको जम्मा १४ सय २१ वटा टिकट विक्री भएको छ। शोभित बस्नेतद्वारा निर्देशित फिल्म पिआरले ६ लाख ७५ हजार ३३ रुपिया“ ग्रस कलेक्सन गरेको छ। मंसिर २६ गते नै रिलीजमा आएको फिल्मको २१ सय ४१ वटा टिकट विक्रि भएको पाइएको छ।

कात्तिक १४ गते रिलीजमा ल्याइएको परानचाहि“ सुपर डुपर हिटको व्यापार गर्न सफल भएको छ। प्रदर्शनको ५१औ“ दिनको सफलता हासिल गरिसकेको फिल्मले गत शनिवारसम्म १७ करोड ६७ लाख ३६ हजार ८ सय २८ रुपिया“ ग्रस कलेक्सन गर्न सफल भएको छ। फिल्मको कुल ६ लाख २७ हजार ५ सय ८५ वटा टिकट विक्री भएको छ। चिराग नामक फिल्मले त केवल ६८ हजार ४ सय ५० रुपिया“मात्र ग्रस कलेक्सन गरेको छ। यसको जम्मा ३ सय ३० टिकट विक्री भएको छ। गत शुक्रवारमात्र रिलीजमा ल्याइएको फिल्म मुग्लानको व्यापारिक हालत पनि उस्तै खराब पाइएको छ।