सामाजीक राजनीतिक बिषयको फिल्म बिगुलमा समावेश शीर्ष गीत मरुभूमिमा पानीजस्तै ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनीक गरिएको छ।
आगामी माघ ९ गते रिलीजमा आउने फिल्मको गीतमा युवराज चौलागाई र अनु चौधरीको स्वर छ। बेनीशा हमाल र नरेन खड्कालाई फिचर्ड गरिएको गीतमा शब्द रचना र संगीत अर्जुन पोखरेलको रहेको छ। रमेश कोइरालाको निर्देशनमा बनेको फिल्म दिनेश कोइरालाले निर्माण गरेका हुन्। फिल्मको कथाकार पनि उनै हुन्।
पछिल्लो समय एकै खाले बिषयका फिल्म आइरहेको अवस्थामा बिगुलले राजनीति, परिवार, समाज, सम्बन्ध र मनोरञ्जनको समिश्रण गरी कथा बुनेको छ। बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायतले अभिनय गरेको फिल्म म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलले प्रस्तुत गरेकी हुन्।
फिल्ममा पटकथा र सम्वाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठ, नृत्य कमल राई र कविराज गहतराज, द्धन्द एनवी महर्जन, संगीत बिश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईं, छाया“कन शिब ढकाल र सम्पादन तारा थापा ‘किम्भे’ को रहेको छ। सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको फिल्मको बितरण काफिया फिल्म्स् र श्री ब्याकेट्स इन्टरटेन्मेन्टले गर्ने छन्।











प्रतिक्रिया