आगामी २०२६ जनवरी १ तारिखदेखि पूर्वको पा“चथर चिवाभञ्ज्याङबाट पश्चिम बैतडीको झुलाघाटसम्म एक महिना लामो १८ सय किलोमीटर मध्यपहाडी लोकमार्ग साइकल यात्राका लागि शुभकामना दिन हालै राजानीमा सांगीतिक शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ।
भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड,बाट शुरु भई न्युरोड, रानीपोखरी, केशरमहल, दरबारमार्ग हु“दै ऐक्यबद्धता साईकल ¥याली भृकुटीमण्डपमा पुगेपछि सांगीतिक कार्यक्रम गरिएको थियो। कार्यक्रममा प्रा.डा. तारालाल श्रेष्ठले स्वागत एवं कार्यक्रममाथि प्रकाश पारेका थिए। यस अभियानमा धुलिखेल अस्पतालको भूमिका र अभियानबाट संकलित रकम कसरी क्यान्सर प्रभावितमा उपयोग गरिन्छ भन्ने आचारसंहिताबारे धुलिखेल अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा.डा. सुमन राज ताम्राकारले जानकारी गराए।
आशिर्वाद संगीत पाठशालाबाट विभिन्न सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको कार्यक्रममा मध्य पहाडी लोकमार्ग साईकल अभियानका अगुवा साईक्लिस्ट एवं क्यान्सर विजेता हर्क लामाकी छोरी खुशी तामाङले आप्mनो बाबुबाट जन्मदिन उपहार स्वरुप पाएको माउन्टेन बाईक कार्यक्रममा सहभागी एकजनालाई गोलाप्रथाबाट उपहार प्रदान गरेकी थिइन्।
कार्यक्रममा क्यान्सर विजेताद्वय एवं यस अभियानका साईक्लिस्टद्वय हर्क लामा र कविता चित्रकारले धन्यवाद ज्ञापन गरेका थिए। त्यस अवसरमा विभिन्न चन्दादाताहरूलाई सम्मान गरिएको थियो।











प्रतिक्रिया