गायक गायिका बिशाल सोनी र शान्तारानी परियारको स्वरमा तानातान हानाहान स्याउलि बजारमा बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा हुकलाइन बिशालकै छ।
शब्द रचना गीतकार नेत्र अर्यालको छ। गीतमा नन्दु परियारले संगीत दिएका छन् भने एरेन्जमेन्ट एचबिएन किस्मतको रहेको छ। गीतमाथि रमाइलो भिडियो निर्माण गरिएको छ।
भिडियोमा नायक पल शाहले नृत्य गरेका छन्। उनलाई मोडल कोमल नेपालीले साथ दिएकी छिन्। भिडियोमा गायक बिशालले पनि मोडलिङ गरेका छन्। नवराज उप्रेतीको छाया“कन र मिलन बिश्वकर्माको सम्पादन रहेको भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ।











प्रतिक्रिया