काठमाडौं।
युरोपका पाँच मुख्य शीर्ष लिगको आधी यात्रा समाप्त भइसकेको छ । २०२५–२६ सिजनको आधी यात्रा समाप्त हुँदा नाम चलेकै र पहिले विजेता भइसकेका टोलीहरू नै अग्रस्थानमा छन् । इंग्लिस प्रिमियर लिग, जर्मन बुन्डेसलिगा, स्पेनीस ला लिगा, इटालियन सिरी ए र फ्रेन्च लिग वान युरोपका मुख्य पाँच शीर्ष लिगमा गनिन्छ ।
प्रिमियर लिग
इंग्लिस प्रिमियर लिगमा आर्सेनल शीर्ष स्थानमा रहेको छ । पछिल्लो केही सिजनदेखि आधी सिजनमा आर्सेनल पहिलो स्थानमा रहँदैं आएको छ । तर, उपाधि भने जित्न सकेको छैन । अहिले प्रिमियर लिगको १७ औं चरण समापन हुँदा आर्सेनलसँग ३९ अंक छ ।
आर्सेनलसँग दोस्रो स्थानको म्यानचेस्टर सिटी मात्र २ अंकले र तेस्रो स्थानको एस्टन भिल्ला मात्र ३ अंकले पछि छन् । यसको मतलब आर्सेनलको लागि यस सिजनमा पनि शीर्ष स्थान जोगाइरहन निकै कठिन विषय हुने पक्का छ । सिटी र एस्टन लगातार अघि बढिरहनु आर्सेनलको लागि उपाधि जित्न जितभन्दा अरु नतिजा अनुकुल हुने छैन ।
तर, यसपछिको टोलीहरू भने धेरै पछाडि छन् । चौथो स्थानको चेल्सी र शीर्ष स्थानको आर्सेनलबीच १० अंकको दुरी रहेको छ । गत सिजनको च्याम्पियन लिभरपुल पनि १० अंकले नै पछि रहेको छ ।
ला लिगा
ला लिगामा सँधैं जसोको सिजनमा झैं यसपटक पनि बार्सिलोना र रियल मेड्रिडबीच नै टक्कर हुने देखिएको छ । आधी सिजन पूरा हुँदा बार्सिलोना र रियलबीच ४ अंकको भिन्नता रहेको छ । १८ चरणका खेल सकिँदा बार्सिलोनाले ४६ र रियलले ४२ अंक जोडेका छन् । तेस्रो स्थानको एटलेटिको मेड्रिड भने बार्सिलोना र रियलसँग क्रमशः ९ र ५ अंकले पछि छ । यो समीकरणले एटलेटिकोले ला लिगाका दुई बलिया टोलीहरूलाई चुनौती दिनेमा शंका नै छ ।
बुन्डेसलिगा
बुन्डेसलिगामा बायर्न म्युनिक नै शीर्ष स्थानमा छ । १५ चरणका खेल सकिँदा बायर्न ४१ अंकसहित उपाधितिर अग्रसर भइरहेको छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्ड र तेस्रो स्थानको बायर लिभरक्युसेनले समेत बायर्नलाई भेटाउन मुश्किल हुने नै छ । किनभने बोरुसियाको ३२ अंक र लिभरक्युसेनको २९ अंक छ । यानि कि बायर्न उनीहरूभन्दा क्रमशः ९ र १२ अंकले अगाडि छ । यस समीकरणले यसपटक पनि बायर्नले लिग जित्ने नै संभावना रहेको छ ।
सिरी ए
सिरी ए मा मिलान शहरका दुई टोली शीर्ष स्थानमा रहेका छन् । इन्टर मिलान पहिलो स्थानमा र एसी मिलान दोस्रो स्थानमा रहेका हुन् । सिरी ए मा १५ चरणका खेलहरू सकिसक्यो । जसअनुसार इन्टर ३३ अंकसहित शीर्ष स्थानमा रहे पनि ५ टोलीबीच निकै रोमाञ्चक उपाधि जित्ने होड भइरहेको छ । मिलानको ३२ अंक, नापोलीको ३१ अंक, रोमाको ३० अंक र युभेन्टसको २९ अंक रहेको छ । यो रोमाञ्चक समीकरणले गर्दा कुन टोलीले जित्ने भन्ने टुंगो अहिले नै लगाउन कठिन बनेको छ ।
लिग वान
फ्रान्सको लिग वानमा आधी सिजन समाप्तिसम्म लेन्सले अग्रता बनाएको छ । लेन्सले ३७ अंकसहित गत सिजनको विजेता टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई एक अंकले पछि पारेको हो । तर, लेन्सले तेस्रो स्थानको मार्सेलीलाई भने ५ अंकले पछि पारेको छ । लेन्सको एक अंकको अग्रता खासै ठूलो पनि होइन । योभन्दा बढी अंकको अग्रता बनाउन सकेमा मात्रै लेन्सले यस सिजनको उपाधि जित्ने संभावना छ । नत्र भने अरू कुनै टोलीले नै उपाधि जित्नेछ ।











प्रतिक्रिया