नबिल बैंकलाई बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड


काठमाडौं ।

नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक’ अवार्ड प्राप्त गरेको छ । बैंकले डिजिटल भुक्तानी, प्रविधिमैत्री सेवा र ग्राहक केन्द्रित ट्रान्ज्याक्सन बैंकिङमा उत्कृष्टता हासिल गरेको भन्दै यो सम्मान प्रदान गरिएको हो ।

बैंकले व्यक्तिगत, संस्थागत, एसएमई ग्राहकका लागि उपलब्ध गराएको प्रभावकारी ट्रान्ज्याक्सन बैंकिङका डिजिटल भुक्तानी सेवा तथा सुविधाका लागि उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यो अवार्डलाई निरन्तर नवप्रवर्तन र ग्राहकको विश्वासको परिणाम भन्दै युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको सर्वाेत्कृष्ट ट्रान्ज्याक्सन बैंकका रूपमा नबिल बैंक सम्मानित हुनु गर्वको विषय भएको बताउनुभयो ।

उहाँले निरन्तर मेहनत, नवप्रवर्तनप्रतिको प्रतिबद्धता र ग्राहकको विश्वासको परिणाम भन्दै सबै ग्राहक तथा कर्मचारीलाई लागि हार्दिक आभार व्यक्त गर्नुभयो । नबिलले २५ लाखभन्दा बढी ग्राहकलाई २६८ शाखा र ३२१ एटिएममार्फत सेवा दिँदै आएको छ । युरोमनी अवार्डलाई विश्व बैंकिङ क्षेत्रको सबैभन्दा विश्वसनीय सम्मान मानिन्छ ।