नारायणी सामुदायिक हस्पिटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिलष्टमे इन्भेण्ट


काठमाडौं
चितवन भरतपुरस्थित एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

विद्यमान धितोपत्र दर्ता तथा निश्काशन सम्बन्धि नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविश्यमा नियमनकारी निकायबाट आवश्यक स्वीकृती प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो ।

यसैक्रममा कम्पनीले उक्त शेयर निश्काशन कार्यका लागि विक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

आज भएको सो सम्झौतामा एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडको तर्फबाट कम्पनीका सञ्चालक चुडामणी खनाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । समारोहमा निष्काशन कम्पनीको तर्फबाट कम्पनीको सञ्चालक विष्णु कुँवर तथा सञ्चालक निरजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

जारी पूँजी ३ अर्व ५० करोड रुपियाँ रहेको यस एन.पि.आई. नारायणी सामुदाकि हस्पिटल लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ भने संस्थापक समूह अन्तर्गतको ८० प्रतिशत शेयर कायम रहेको कम्पनीले जनाएको छ ।

थप सेवा विस्तारको लागि, निर्माणको अन्तिम चरणमा रहेको ४०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरी बनाइएको हस्पिटलका लागि थप पूँजीको आवश्यकता पर्ने भएकोले कम्पनीले सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका सञ्चालक चुडामणी खनालले जानकारी दिनुभयो ।

हस्पिटल सेवा र विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको एन.पि.आई. नारायणी सामुदाकि हस्पिटल लिमिटेडको स्थापना वि.सं. २०६३ मा भएको र हाल यसको वार्षिक कारोवार १.१५ अर्ब रहेको छ । साथै हाल यस संस्थामा ४२५ भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् ।

कम्पनीको मिति २०८२ साल पौष ४ गते (डिसेम्बर १९, २०२५) गते शुक्रवार अपरान्ह ५ः३० बजे बसेको संचालक समितिको २५४ औं बैठकले पाण्डेलाई कम्पनी सचिवको रुपमा नियुक्त गरेको हो ।