नृत्य नेपाली पाराको हुने


नृत्य प्रतियोगिता नृत्य नेपाली पाराको दोस्रो संस्करण हुने भएको छ।
राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको औपचारिक घोषणा गरिएको हो। नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष तथा नृत्य निर्देशक भुवनदास श्रेष्ठको प्रमुख आतिथ्यता र एभरेष्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष आरसी कोइरालाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा निर्देशक शम्भु शाही, सुनील गिरी, कृष्ण रसाल, रमेश बुढाथोकी, अजय विष्ट, सरोज श्रेष्ठ, रिषिकेश श्रेष्ठ, रमेश पाठक, शिला गजुरेललगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे।

आयोजक संस्था नेपाल लोक नृत्य सेन्टरका अध्यक्ष केशव कोइरालाले प्रतियोगिताका बारेका विस्तृत जानकारी गराएका थिए। कोइरालाका अनुसार प्रतियोगिता दुई तहमा सञ्चालन हुनेछ। जुनियर समूहमा कक्षा २ देखि ५ सम्मका विद्यार्थी र सिनियरमा समूहमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा नृत्य नेपाल संघले सहकार्य गरेको छ।
प्रतियोगिताको मुख्य निर्णायकमा शम्भु शाही छन् भने अन्य निर्णायकमा अनिता गोले तामाङ, रमेश बुढाथोकी र कृष्ण रसाल रहेका छन्। अडिसन राउण्डबाट छनोट भएका दुइटै क्याटेगोरीका विद्यार्थीलाई नृत्य कार्यशाला (वर्कसप) गराइनेछ। जसको प्रशिक्षकमा दक्षिणा लामा दावा, सरोज श्रेष्ठ र अभि वाग्ले रहेका छन्।

प्रतियोगिताको वर्कसप दस्तुर ३५ सय र आवेदन फारम दर्ता शुल्क ५ सय रुपिया“ तोकिएको छ। प्रतियोगितामा सहभागी विद्यार्थीले नेपाली गीतमा मात्र प्रस्तुति दिन पाउनेछन्। प्रतियोगिताको प्रथम पुरस्कारमा २० हजार, दोस्रोमा १०, तेस्रोमा सात, चौथोमा पा“च र पा“चौ“ पुरस्कारस्वरूप पा“च हजार रुपिया“सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।
यसका साथै उत्कृष्ट हाउभाउ, भेषभूषा, मौलिकता, दर्शकको रोजाइ र उत्कृष्ट प्रस्तुति गरी पाँच विशेष विधामा पनि ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरिने जनाइएको छ।