काठमाडौं विश्वविद्यालय स्कुल अफ आट्र्स र स्कुल अफ इन्जिनियरिङको आयोजना र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को सहकार्यमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा कला तथा डिजाइन विभागअन्तर्गत शिल्पकला तथा डिजाइन सङ्कायका विद्यार्थीद्वारा कार्यशालामा सिर्जित कलाकृति रिइम्याजिन ट्रेडिसन–२ प्रदर्शनी भइरहेको छ।
प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शुभारम्भ गरेका थिए। कुलपति हार्तम्छालीले आजको विद्यार्थी पुस्ता नै भोलिको देशको हरेक क्षेत्रमा नेतृत्व गर्ने पुस्ता भएको जनाउ“दै सिर्जनशीलतामा लाग्न आह्वान गरे। काठमाडौं विश्वविद्यालयका डिपार्टमेन्ट अफ आर्ट एन्ड डिजाइनका प्रमुख सागर मानन्धरले रैथाने शिल्प–हस्तकलाको ज्ञानलाई समाजमा विस्तार गर्न पाठ्यक्रम नै लागु गरेर जानुपर्नेमा जोड दि“दै प्रदर्शनी प्रयोगात्मक रहेको बताए।











प्रतिक्रिया