समयलाई रोक्न खोज्दै आमा समाउन खोज्दै छोरा


सामाजिक कथामा निर्मित फिल्म आबाट आमाको टिजर सार्वजनिक गरिएको छ।
ओएसआरको युटुब च्यानलबाट सार्वजनिक टिजरमा परदेसिन लागेका छोरालाई बुबाआमाको माया कतिसम्मको हुन्छ भन्ने यर्थाथ कथा प्रस्तुत गरिएको छ। टिजरमा अभिनेता पल शाहले सिरानीमाथि पासपोर्ट राखेका छन् भने उनका बुबा प्रदीप रावत र आमा विपना थापा रातभरि रोएर बसेका छन्।

छोराको बिदाइ गर्नुअघि बुबा आमालाई अनिन्द्रो देखिन्छ। उनीहरू छोरा परदेसिन लागेको रात रोएरै उज्यालो बनाएका छन्। आमा समयलाई रोक्ने प्रयासमा छिन् भने छोरा समयलाई समाएर उज्वल भविष्यको कल्पना गरिरहेको छ। फिल्मको टिजर दर्शकलाई भावुक बनाउन सफल छ। विपना थापा र प्रदीप रावतको अभिनयले टिजरमै भावुक बनाउन सफल भएका छन्।
निर्देशन चन्द्र पन्त परदेसिन लागेको नेपाली युवाको कथालाई फिल्मको पर्दामा पोख्न सफल भएका छन्।

आगामी माघको १६ गते रिलिज हुने फिल्ममा प्रदीप रावत, विपना थापा र पल शाहका अलवा सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रवीन्द्र झा, गजित विष्ट, अंशु महर्जन, बेगम नेपाली, बालकलाकार समाइरा थापा र शान अधिकारीलगायतले अभिनय गरेका छन्। निर्देशक पन्तकै कथा, पटकथा रहेको फिल्म अभिमन्यू निरवीले लेखेका हुन्। फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्।

आर्या इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कु“वर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाद्वारा निर्मित फिल्ममा करण सिंह रसाइली कार्यकारी निर्माता रहेका छन्। फिल्ममा कोसिस क्षेत्री, थानेश्वर गौतम, बाबुल गिरी, अभी सुनारको संगीत, गम्भीर विष्ट र दिलीप ओखडाको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।