डिजिटल माध्यमबाट हुने हिंसा नियन्त्रणमा सबै जुट्न सञ्चारमन्त्री खरेलको आग्रह

0
Shares

काठमाडौँ। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभर बढ्दै गएको डिजिटल माध्यममार्फत हुने लैङ्गिक हिंसा रोकथामका लागि राज्य, सञ्चार क्षेत्र र समाज सबै स्तरबाट संयोजनयुक्त कदम आवश्यक रहेको बताए। 

सोमबार काठमाडौँमा सञ्चारिका समूह नेपालले आयोजना गरेको ‘लैङ्गिक हिंसा न्यूनीकरणमा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तक्र्रियामा बोल्दै मन्त्री खरेलले डिजिटल स्पेसमा महिला पत्रकारले ‘दोहोरो जिम्मेवारी’ बोक्नुपर्ने बताउँदै सुरक्षित वातावरण निर्माणतर्फ सशक्त भूमिका खेल्न आग्रह गरे । 

उनले “पहिला आफू सुरक्षित बन्नुहोस्, अनि सञ्चारक्षेत्रलाई सुरक्षित बनाउन लाग्नुहोस् भने ।”सोही अवसरमा उनले भने, “हाम्रा कन्टेन्ट, स्टोरी र एड्भोकेसी डिजिटल हिंसाबाट मुक्त बनाउनु आजको आवश्यकता हो ।” पछिल्लो समय पहिलो प्रधानमन्त्री सुशीला कार्कीमहिला, नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्मा पहिलो महिला हुनुहुन्छ । यसरी हेर्दा समयसँगै परिवर्तन हुन्दैछ । तर यतिनै पर्याप्त भने छैन । अब महिलाहरुले राजनीतिमा पनि नेतृत्व लिने बेला आएको छ । पत्रकार महिलाहरुको संघर्ष अद्धितिय छ । १२ सय भन्दा बढी महिला संचारिका समूह, डल्लु डब्लु जे पत्रकार महिलाहरुको संस्थामा आबद्ध छन् । यतिबेला अघि बढ्नोस सरकारको साथ र सहयोग मिल्छ । लैङ्गिक हिंसामा परिदृश्य शैली परिवर्तन भएको छ । सामाजिक संजालमा देखिने फोटा, भिडियोले घरभित्र सुरक्षित छु भन्ने भन्दा मन नै आतिने र त्रसित बनाउँने खालका छन् । 

उनले अब डिजिटल हिंसाको बहस गर्ने बेला आएको कुरा औँल्याए।  पत्रकारिता पेसालाई सुरक्षित राख्दै महिला पुरुष समान भएर सुरक्षित हुँदै अघि बढ्नुपर्ने बेला आएको छ । यहाँ लैङ्गिक हिंसाको सिकार महिला मात्र नभै पुरुष पनि भएका छन् । सामाजिक संजाल र डिजिटल प्रविधि अवसर र चुनौति दुबै भएका छन् । यस तर्फ ध्यान दिनु जरुरी छ । फागुन २१ गतेको चुनावका लागि पत्रकार महिलाहरुले पत्रकारिताका माध्यमबाट र प्रत्यक्ष चुनावमा सहभागी भएर सफल बनाउन पनि आवहान गरे । उनले जेनजीको चाहना र भावनाको सम्मानार्थ यो सरकार बनेदेखि ठूला ठूला २५ वटा भन्दा बढी भ्रष्टाचारका मुद्दा दर्ता भएका र निर्णयमा पुगेको छ । भ्रष्टाचार नियन्त्रणमा सरकार पछि हट्दैन । जेनजी आन्दोलनको मर्म मर्न दिँदैन । त्यसैले सचेतता र अभियान आवश्यक छ” भने ।

उक्त कार्यक्रमा संचार तथा सूचना मन्त्रालयका सचिव राधिका अर्यालले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन आयोजित कार्यक्रममा बोल्दै लैङ्गिक हिंसा मानव अधिकारको विरुद्ध हो । संचार माध्यमले पिडितलाई न्याय दिने गरि बिषय उठान गर्नुपर्छ । अहिले १८ हजार भन्दा बढी उजुरी साईबर व्यूरोमा साईबर हिंसा भयो भनेर दर्ता भएको छ । विद्युतिय कारोवार ऐनको कानूनी व्यवस्था छैन । कानूनी व्यवस्थाका लागि प्रतिनिधि सभामा दर्ता भएको छ तर यतिबेला प्रतिनिधि सभा भंग भएको अवस्था छ । एआई पोलिसी र ऐन कार्यान्वयन गर्ने प्रकृयामा छ । यो प्रविधिलाई नियमन गर्नु जरुरीछ भनिन् । 

संचारिका समुहका अध्यक्ष कमला पन्थीले डिजिटल हिंसा विरुद्ध सञ्चारमाध्यमको भूमिका झनै प्रभावकारी हुनुपर्ने बताइन् । त्यसैगरि डब्लु डब्लु जे का अध्यक्ष रामकला खड्का, प्रेस काउन्सिल नेपालका सदस्य नीमा काफ्लेले कार्यस्थलमा हिंसा अझै कायम रहेको बताइन् । 

सोही अवसरमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नीतु पण्डीतले डिजिटल प्रविधिको विकाससँगै दुरुपयोग बढ्दै छ । विना कसुरका बालबालिका, महिलाहरुलाई डिजिटल मिडियाले प्रस्तुत गरेको छ । लैङ्गिक हिंसा न्यूनीकरणका लागि डिजिटल नयाँ मिडिया संवेदनशिल हुनुपर्ने देखिन्छ भनिन् । संचारिका संमूहका निर्वतमान अध्यक्ष बिमला तुम्खेवाले महिलालाई काम र पेशा दुबैसँगै गर्न निकै कठीन अवस्था रहेको छ । १० बर्ष पहिला सम्म पिडितकै फोटो राखेर समाचार बन्थ्यो । त्यसमा अहिले धेरै सुधार भएको छ । अझै पनि चुनौति भने कायमै छ भनिन् । 

सोमबारै १६ दिने महिला हिंसा बिरुद्धको अभियान समापन गर्दै राष्ट्रिय महिला आयोगले पनि ११४५ निःशुल्क हेल्पलाईन सेवा को आठौ स्थापना दिवस मनायो । लैङ्गिक हिंसा न्यूनीकरणका लागि सबैको साथ चाहिने कुरा औँल्यायो । 

उक्त कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेको प्रमुख आथिथ्यमा ३ वटै जिल्लाका उपमेयर, आयोगका अध्यक्ष कमला पराजुली लगायतले लैङ्गिक हिंसा न्यूनीकरणमा मिडियाको भूमिका महत्त्वपूर्ण हुने कुरा औँल्याए  ।