काठमाडौं ।
दुबईमा जारी आईबीए विश्व बक्सिंग च्याम्पियनशिपमा नेपाली बक्सर चन्द्रबहादुर थापाले सेमिफाइनलमा प्रवेश गर्दै नयाँ इतिहास रचेका छन् ।
प्रतियोगिता अन्तर्गत बुधवार भएको पुरुष ५१-५४ केजी (वेन्टम वेट) तौल समूहको क्वाटरफाइनल भिडन्तमा थापाले इरानका मुक्केबाज मेहदी काजेमीलाई यूनानिमोस डिसिजन अनुसार ५-० अंकले पराजित गर्दै सेमिफाइनलमा गरेका छन् । जितसँगै थापाले नेपालको लागि कम्तीमा कांस्य पदकका साथै ७५ हजार अमेरिकी डलर पुरस्कार पनि पक्का गरेका छन् ।
विश्व बक्सिंग च्याम्पियनशिपमा कुनैपनि नेपाली बक्सरले पाएको यो अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट नतिजा हो । अब सेमिफाइनलमा थापाले कजाखस्तानका मुक्केबाजको सामना गर्नेछन् । यो च्याम्पियनसिप अहिलेसम्मको सर्वाधिक पुरस्कार राशि भएको बक्सिंग प्रतिस्पर्धा हो । शीर्ष तीन स्थान प्राप्त गर्ने बक्सरले क्रमशः तीन लाख, एक लाख ५० हजार र ७५ हजार अमेरिकी डलर नगद पुरस्कार पाउनेछन् ।











प्रतिक्रिया