सरकार र जेनजीबीच १० बुँदे सम्झौता


काठमाडौँ।

लामो गृहकार्यपछि सरकार र जेनजीबीच १० बुँदे सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । सम्झौतापत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट शहिद परिवारका सदस्य भोजविक्रम थापाले हस्ताक्षर गरे ।

सम्झौता पत्र सरकार र जेन-जीका प्रतिनिधिले तयार पारेका हुन् । सरकारका तर्फबाट सूर्य ढुंगेललगायत र जेन-जी समूहको तर्फबाट वरिष्ठ अधिवक्ता राजु चापागाईंलाई सम्झौता मस्यौदाकार नियुक्त गरिएको थियो ।