काठमाडौँ।
सर्वसाधारण नागरिकलाई वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै अनावश्यक झन्झट दिने १३ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । श्रम स्वीकृतिका लागि विभागमा जाने सेवाग्राहीलाई हैरानी दिइ बिचौलिया प्रयोग गर्न उनीहरूले बाध्य बनाउने गरेको प्रहरीले बताएकाे छ।
उनीहरूले पीडितसँग पीडकविरुद्ध पूर्जी जारी गरिदिन सहयोग गर्ने भन्दै मोलमोलाई गर्ने गरेको आरोप छ । प्रहरीले सोही समूहका अन्य संलग्नलाई पनि निगरानीमा राखेको बताएको छ ।











प्रतिक्रिया