काठमाडौँ।
नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको सदस्यता दिन रोक्न नहुने बताएका छन्।
काठमाडौमा बुधबार संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले यस्तो बताएका हुन्। राज्यको संविधानले नरोक्ने, अन्तर्राष्ट्रिय प्रचलनले पनि नरोक्ने र व्यक्तिको चाहाना भएमा पार्टी सदस्यता रोक्नु गलत भएको उनको भनाइ छ। भण्डारीको पार्टी सदस्यतालाई यत्रो एजेण्डाको रुपमा उठाउन पर्ने विषय नै नरहेको समेत उनले बताए।
वरिष्ठ उपाध्याक्ष पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीका बारेमा आफूले पश्न उठाउँदै आएको पनि बताए । पार्टीभित्र (जबज)को बारेमा कुनै मतभिन्नता नरहेको भएता पनि कार्यशैलीभित्र भने व्यापक मत भिन्नता रहेको उनकाे भनाइ छ।











प्रतिक्रिया