काठमाडौँ।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी विद्रोहमाथि दमन गर्नेहरुलाई राज्य प्रणालीभित्रबाट मात्रै नभई अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्ने बताएका छन् ।
काठमाडौंमा मंगलबार जेनजी शहीदहरुको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे दाबी गरेका हुन् । उनले जेनजी घाइते तथा शहीदका मागहरु पूरा गर्दै कारबाहीका विषयमा दृढतापूर्वक अघि बढ्ने बताए।
सत्तामा बसेकाहरू कुशासनको अभियन्ता बनेकै कारण जेनजी विद्रोह भएको उनको तर्क छ। उनले शहीदको सपना अनुसार सरकार सुशासनको अभियान्ता बनेर अगाडि बढिरहेको बताए।
मन्त्री अर्यालले मुलुकमा सुशासन कायम गर्न सरकार लागिपरेको उल्लेख गर्दै केही कमजोरी देखिए औंल्याउन समेत आग्रह गरेका छन्। उनले जेनजी विद्रोह र सरकारी दमनको विषयमा जाँचबुझ आयोगका साथै प्रहरी र मानव अधिकार आयोगले समेत अनुसन्धान गरिरहेको भन्दै ढिलो चाँडो कारबाहीको दायरामा ल्याइने जिकिर गरे।
गृहमन्त्री अर्यालले नागरिक सरकार गठन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई काम गर्ने वातावरण बनेको दाबी पनि गरे । उनले पर्दा पछाडि बसेर नेताहरुलाई नचाउँदै जनतालाई दुःख दिने केही तत्वहरु कारबाहीको दायरामा ल्याइसकिएको पनि बताएका छन् ।











प्रतिक्रिया