काठमाडौँ।
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्ससमक्ष १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिंग थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५५ रन जोड्यो।
सुदूरपश्चिमका विनोद भण्डारी टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्दै ६३ रनको महत्त्वपूर्ण पारी खेले। त्यस्तै शेल्डन ज्याक्सन र आरिफ सेखले समान २०-२० रन जोडे। हरमित सिंहले १४ रन, इशान पाण्डेले १३ रन र मुख्तर अहमदले १० रन बनाए।
बलिङतर्फ विराटनगरका मर्चेन्ट डि लांग र प्रतिस जिसीले २–२ विकेट लिँदै सुदूरपश्चिमलाई रोक्न प्रयास गरे। त्यस्तै सूर्य तामाङ र साम हीजलेटले एक–एक विकेट लिए।
अब विराटनगर किंग्सलाई फाइनल प्रवेशको आशा जिवित राख्न १५६ रनको लक्ष्य पछ्याउनुपर्नेछ।











प्रतिक्रिया