देशमा सुशासन, भ्रष्टाचारमुक्त र स्वच्छ व्यवस्थाको माग भइरहेको निकै समय व्यतीत भइसक्यो भने यसको उत्कर्षको रुपमा गत भदौको आन्दोलनलाई लिन सकिन्छ । सुशासन–सुशासन भनेर फलाक्दैमा सुशासन त पक्कै आउँदैन । यो प्राप्त गर्न आधारभूत आवश्यकताहरु, मानवीय, सामाजिक ढाँचागत पद्धति र संरचनागत व्यवस्थाहरुको ठोष भूमिकालाई बिर्सन सकिँदैन । अझ भन्नुपर्दा सुशासन र भ्रष्टाचारमुक्त समाज परिकल्पनाले मात्र पूर्ण हुने होइन, साथै यसको कुनै जादुको छडी र मन्त्र पनि हुँदैन ।
आज मुलुकमा सुशासन र भ्रष्टाचारमुक्त अवस्थाको माग भएको छ भन्नुको अर्थ समाजमा कुशासन, भ्रष्टाचार व्याप्त भएकोमा कुनै शंका छैन । कुशासन, भ्रष्टाचार बढेको हो भने यसको कारण के हो ? यसको निराकरणको उपाय खोज्नु नै बुद्धिमानी हुन्छ । यो कुशासन र भ्रष्टाचार बढ्नुमा कतै हाम्रो समाजको प्रचलित विधि, व्यवहार र परम्पराकै गलत अभ्यास, शिक्षा, दर्शनको त भूमिका छैन ? यसतर्पm पनि ठूलो बहसको जरुरी ठान्छु । केही दशकदेखि भइरहेको राजनीतिक उतारचढाव, शासन हेरफेर, सत्ताच्यूत आदि अनि नातावाद, कृपावाद आदिको विरोधको परिणाम नै यही हो । तर पनि भ्रष्टाचार, अनीति, बेथिति, कुरीति, कुसंगति, नातावाद र कृपावादको जालबाट मुक्त हुन सकिएन । यसरी पुनः त्यही प्रवृत्तिको लागि आन्दोलन हुनुपर्ने अवस्था आउनुमा समाजको परम्परा, संस्कृति, सोचाइ तथा प्रवृत्ति नै गलत हुनेमा मलजल गराउने कारक तत्व भइरहेको मान्न सकिन्छ । यदि यो हो भने यसको निराकरणको बाटो खोज्नुको साटो खालि सत्ता परिवर्तन, शासक परिवर्तन मात्रले गन्तव्य हासिल नहुने स्वतसिद्ध नै भइसकेको छ ।
यसमा हाम्रो मानवीय सनातन सोचको नै खोजीनीति, अनुसन्धानको जरुरत ठान्छु । आजकल सनातन शब्दले एउटा सम्प्रदायको पुरानो परम्परा, प्रचलन आदिलाई देखाउने गरेको छ, जुन निकै फिका महसुस हुन्छ । प्रज्ञा प्रतिष्ठानको नेपाली संक्षिप्त शब्दकोष (२०४०) मा सनातनको परिभाषाबमोजिम धेरै अघिदेखि चलेर आएको, अनादि, प्राचीन, नाश नहुने, शाश्वत, अनादि कालदेखि चलिआएको क्ुरो आदि लेखिएको छ । सनातन शब्दले एउटा सम्प्रदायको पुरानो परम्परा, प्रचलन आदिलाई देखाउने गरेको छ, जुन निकै फिका महसुस हुन्छ । सनातन शब्द कुनै वर्ग, क्षेत्र, सम्प्रदायसँग मात्र सीमिति हुन सक्दैन । यदि यस्तो हो भने सनातन शब्दको महत्ता, गरिमा घटाएको नै ठहरिन्छ । बुद्धशिक्षामा सनातन धर्म (सन्तनो)– वैरल वैरभाव मेटिन सक्दैन भनी व्यक्तिको चित्तको कार्यलाई इंगित गरेको छ । कुनै परम्परा, संस्कृतिलाई सनातन धर्म भन्नुभन्दा वास्तविक सनातन, चाहे जनुसुकै भागको, जुनसुकै सम्प्रदाय वा परम्परा वा जेसुकै भाषाभाषी, जातजाति, वर्ण, लिंग सबै मानवजातिको सोचाइ, व्यवहारभन्दा पुरानो अरु के हुन सक्छ ?
सनातन (कुनै धर्म सम्प्रदायलाई इंगित गर्न खोजेका होइन) को परिभाषालाई मनन गर्ने हो भने, मानवजातिको अभ्युदयदेखि नै लोभ, द्वेष, ईष्र्या, घात–प्रतिधात, स्वार्थ आदि नकारात्मक बानीहरु तथा त्याग, क्षमा, सहनशील आदिका गुणहरु पनि त सनातन नै हुन् । अब यसमा कुन तत्व बढी हाबी भयो, कुनको कमी भयो, व्यक्तिहरुको क्षमता, इच्छा, संगत, पढाइ, दैनिक जीवन व्यवहारमा भर पर्ने नै हुन् ।
मानव इतिहास नै यस्तै वैरभाव, एक–आपसी अन्तरद्वन्द्व तथा परिवर्तनको लागि परिवर्तनको चाहना जुन कि रागजन्य क्रियाकलापसिवाय अरु केही भएन । खालि माग, चाहना, कामना परिपूर्तिको लागि मात्र पटक–पटक भएको आन्दोलनले जनधनको क्षति, पीडामाथि पीडा बढाउने कार्यहरुसिवाय अरु केही भएन । भ्रष्टाचारमुक्त हुनु, सुशासनको लागि चाहिने आधारभूत तत्वहरु– व्यक्तिहरुको आचरण, अनुशासनजन्य अन्तरसम्बन्धी क्रियाकलापहरुको महत्व नकार्दै गएका नै वर्तमान अवस्थाको द्योतक मान्न सकिन्छ ।
देशमा हाल देखा परेको परिवर्तन, द्वेष आदिको शृङ्खलाले पक्कै पनि कुनै समुदाय, व्यक्तिहरुलाई छणिक लाभ, फाइदा भए पनि दिगो लाभ, शान्तिको बाटो अंगालेको अनुभूति हुँदैन ।
यसै गरी यहाँनिर अर्को दुई शब्द र तीनका अर्थहरु पनि सम्झिनु प्रासंगिक हुनेछ । प्रज्ञा प्रतिष्ठानको नेपाली संक्षिप्त शब्दकोष (२०४०) मा दिएको प्रमादको परिभाषाबमोजिम, अकर्तव्यलाई कर्तव्य र कर्तव्यलाई अकर्तव्य ठानेर गरिएको काम बुझिन्छ भने भूल, भ्रम, चुक र विशेषणको रुपमा प्रमादी हुन्छ तथा अप्रमाद भन्नाले प्रमादरहित, सावधान हुनु भन्ने अर्थ देखाएको छ । यस अर्थमा आज समाज, विश्वमा घटेका विभिन्न घटनाहरु यस्तै प्रमादको कारणले भएका हुन् भने व्यक्तिहरु प्रमादी भइरहेको तथ्य छर्लंग हुन्छ ।
अतः व्यक्ति स्वंयको कल्याण र त्यसमार्पmत समाज अनि देशको विकासको लागि प्रमादी हुने कार्यहरुको पहिचान र त्यसको निराकरण हेतु अप्रमाद हरदम सावधान र सचेत हुने सत् प्रयास नै आजको खाँचो हो ।
गत भदौको युवावर्गको आन्दोलन होस् वा करिब चार–पाँच दशकअघिको विभिन्न क्रान्ति, प्रतिक्रान्ति जे जस्तो नाम दिए पनि आखिरमा कुनै पनि परिवर्तन स्थायी हुँदैन तथा आम जनताको द्वेष बदला, तृष्णाहरुको लहर बढाउने कारक मात्र बनेको देखिन्छ । हालको आन्दोलन वा अहिलेको सुशासन, भ्रष्टाचारको विरुद्ध भए पनि आखिरमा सबैको नारा–घोषणाहरु गलत त थिएनन् नै, तर परिणाम गलत आएबाटै पुनः पुनः आन्दोलनको मारमा समाज परिरहेको यथार्थ नै हो । आखिरमा सबैले राम्रोका लागि गरेको तर परिणाम गलत भएको के कुन कारणले हो भन्नेतर्पm अभैm पनि विश्लेशणको सर्वथा अभाव नै महसुस हुन्छ । आज समाजको निकै विकराल अवस्थालाई कुनै लालसा, द्वन्द्व, अन्तरद्वन्द्व, वैरभाव, हुलदंगा, आक्रमण, प्रत्याक्रमण, आरोप–प्रत्यारोपले समाधानको बाटो देखाउन सक्दैन, बरु झन्–झन् उल्टो परिणामतर्पm अग्रसर हुने मात्र हुन्छ ।
आजकल दल, प्रशासन सुधारका कुरा त यत्रतत्र सुन्न–पढ्न पाइरहेको अवस्था छ । यहाँ दल वा प्रशासन सुधारको कुरा मात्र भयो, तर दल वा प्रशासन चलाउनेदेखि आम नागरिकको के कस्तो कमजोरी हो र कस्तो सुधार आवश्यक हो भन्नेतर्पm नै विशेष अध्ययन–अनुसन्धानको खाँचो देखिन्छ । सही आजीविकाको विरुद्ध आजको मिथ्या आजीविकाको बोलवाला हुनु नै भ्रष्टाचार वृद्धिको कारक तत्व होइन र ? आज मिथ्या आजीविकाको रुपमा कैयौँ उदाहरण देख्न सकिन्छ ।
जस्तै– दाहोरा लाभ, समय पावन्दी नहुनु, आवश्यक योजनाको पहिचानमा कमी र अनावश्यक योजनामा बालुवामा पानीसरह लगानी, सेवाग्राहीप्रति मैत्रीभाव नहुनु, झुट, चाकडीरुपी गलत कार्य वा शारीरिक–मानसिकरुपमा गलत कार्य गरी जीविका चलाउनुपर्ने बाध्यता त आखिरमा सही आजीविका नभई मिथ्या आजीविका नै हो । व्यक्तिहरुको मिथ्या दृष्टिकोण, सही आजीविकालाई तिलाञ्जलि दिनुपर्ने सामाजिक परिवेश, प्रथा आदिको पर्खाल भत्काउन आज ठूलो संकल्प, इच्छा, धैर्यको जरुरी छ । यो जरुरत केवल शब्द, व्याख्यान, भाषण, लेखन, चर्चा–परिचर्चाबाट आउने होइन । यसको लागि पुस्ताहरुको त्याग, लगनशीलता, अर्को पुस्ताहरुलाई बाटो देखाउने पथप्रदर्शकमै निर्भर हुन्छ ।
यो सबै परिवेशमा देशको संविधानमा भएका केही प्रसंग चर्चा गर्नु उचित ठान्छु । संविधानको भाग ४ धारा ५१(ख) ४ मा राजनीतिक तथा शासन व्यवस्थासम्बन्धी नीतिमा उल्लेख भएको ‘सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा–सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने’ मननीय छ । तर यो पूरा गर्नका लागि चाहिने आधारभूत सबल जनता, सही आजीविकाको मार्गमा लाग्ने वातावरणको कार्यान्वयन पक्ष पनि विचारणीय छ ।
यसै गरी विकाससम्बन्धी नीतिअन्तर्गत ५१(च) ४ मा उल्लेख भएको विकास निर्माणको प्रक्रियामा स्थानीय जनसहभागिता अभिवृद्धि गर्र्ने सवालमा पनि विशेष ध्यान आकर्षण गर्नु सान्दर्भिक छ । देशमा कति आजोजना छन्, कतिको उत्पादक भयो, कति प्रत्युपात्दक र अनुत्पादक भए ? कति आयोजना जनसरोकारसँग सम्बन्धित तथा जनताको दुःख हटाउन सहयोग भए वा कति आयोजनाले जनताको बस्ती उजाडी जनतामा भय र त्राशको वातावरण सृजना ग¥यो ? कति जनता थप पीडामाथि पीडामा बाँच्च बाध्य भए ? यस अर्थमा यहाँ प्रश्न उठ्नु स्वाभाविक छ । व्यक्तिको सही आजीविकाको कुरा त एकतर्पm रह्यो, राज्यको आयोजना पनि मिथ्या आजीविका, मित्थ्या कार्यले भ्रष्टाचार र कुशासनमा मलजलको कार्य त गरेन ?
यी यावत् कुराको अन्तरविरोधलाई पनि मिथ्या आजीविका वा सही आजीविका नभएको रुपमा मान्न सक्ने अवस्था छ । यो मिथ्या आजीविकाको अवस्था घटाउन सकेमा भ्रष्टाचार र सुशासनको आधारशिला तयार हुन्छ । देशमा देखा परेको भ्रष्टाचारको कहाली लाग्दो अवस्था नै सही आजीविका नभएको प्रमाण हो भने सही आजीविका, सही कर्म गर्ने उदाहरणीय जनमतको उत्पादनविना सुशासनका परिकल्पना खालि परिकल्पनामै सीमित हुने महसुस हुन्छ । यहाँनिर बिर्सन नहुने कुरा हो– अनुशासन, सुशासन घरपरिवारदेखि शुरु हुन्छ, न कि राज्य व्यवस्थामा मात्र ।
आज सबै वर्ग, जात, वर्णले आ–आफ्ना समुदाय, व्यक्तिहरुका कमी–कमजोरीहरुमा चनाखो एवं सचेत भई, त्यसलाई क्रमशः निमर्लीकरणको साथ सही कार्यको पहिचान गरी, त्यसलाई संवद्र्धन, प्रवद्र्धन गर्ने सत् प्रयास नै व्यक्ति र समाजको हकहितको उपाय हुन्छ ।
आज देशमा सुशासनको माग गर्नुपर्ने अवस्था आउनु निकै विडम्बनापूर्ण स्थिति मान्न सकिन्छ । अझ यसको विकल्पको रुपमा चुनाव वा सत्ता परिवर्तनलाई मात्र साधनको रुपमा लिने प्रवृत्तिमा रमाउनु कतिको सान्दर्भिक होला ? व्यक्तिगत लोभ, द्वेष छाडेर सही आजीविकालाई हृदयङ्गम गरी त्यसतर्फ उत्पे्ररित शिक्षा र व्यवहार गर्ने सत् प्रयास छैन भने पुनः यस्तै माग र रागको घनचक्करमा अल्झिनुबाहेक अरु केही हुँदैन । सुशासन र भ्रष्टाचारमुक्त समाजको लागि सही आजीविका अवलम्बनको विकल्प अरु हुन सक्दैन । अतः सही आजीविकासहितको जिन्दगी जिउने उपाय नै आज चयन हुन आवश्यक छ ।
(लेखक चित्रकार नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक हुनुहुन्छ ।)











प्रतिक्रिया