ईश्वर पोखरेलले बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको ‘अवधारणा-पत्र’


काठमाडौँ।

नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षको प्रत्यासी रहेको नेता ईश्वर पोखरेलले आउँदो महाधिवेशमा पेस गर्नुपर्ने अवधारणा–पत्र पार्टीलाई बुझाएका छन्।

आफ्नो समूहमा रहेका नेताहरुसहित सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेका पोखरेलले दस्ताबेज महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेका छन् । जसलाई अध्यक्ष केपी शर्मा ओलीसम्म पुर्‍याइने छ।

मंसिर २७-२९ गते हुने महाधिवेशनका पूर्वसन्ध्यामा प्रस्तुत उक्त दस्तावेजमा हालको राजनीतिक अस्थिरता, संविधानमाथिको चुनौती, विश्व परिवेशको बदलिँदो समीकरण तथा नेपाली समाजमा देखिएका संरचनागत संकटबारे विस्तृत मूल्यांकन गरिएको छ।