काठमाडौँ।
भारतको गोवास्थित एउटा नाइटक्लबमा शनिवार राति भएको आगलागीमा परेर ज्यान गुमाउनेमध्ये चार जना नेपाली नागरिक रहेको पुष्टि भएको छ।
आगलागीमा परेर २५ जनाको मृत्यु भएकोमा तीमध्ये चार जना नेपाली रहेको पाइएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु भएका नाइट क्लबकै २० स्टाफमध्ये नेपालका ४, उत्तराखण्डका पाँच, महाराष्ट्रका दुई, उत्तर प्रदेशका दुई, झारखण्डका तीन, असमका तीन र पश्चिम बंगालका एक जना रहेका छन् ।
जसमा क्लबमा काम गर्दै आएका नेपाली नागरिक चुर्णबहादुर पुन, विवेक कटुवाल, सबिन र सुदीपको मृत्यु भएको हो । मृतक चार नेपाली नागरिकको ठेगाना भने खुलाइएको छैन ।











प्रतिक्रिया