इन्टरनेशनल डान्स काउन्सिल (सिआईडी) अमेरिका शाखाको निमन्त्रणामा एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रबन्धक डेक प्रसाद अधिकारी ‘गोपाल’ ११ औं अन्तर्राष्ट्रिय कला, संस्कृति तथा नृत्य सम्मेलनमा सहभागी भएका छन्।
अमेरिकाको मियामी, फ्लोरिडामा सम्पन्न सम्मेलनमा ५० भन्दा बढी विभिन्न कला क्षेत्रको प्रतिनिधित्व गर्ने ३ सयभन्दा बढी विज्ञ सहभागी थिए। हिलिङ थ्रो डान्स सिरिज ३ मूल विषय रहेको महाधिवेशनले नृत्यका विविध रूपको प्रदर्शनमार्फत कला–संस्कृतिको सम्पूर्ण वातावरण झल्काएको थियो।
सम्मेलनका क्रममा अधिकारीले आयोजक तथा सहभागी प्रतिनिधिसँग नेपाली कला–संस्कृतिको परिचय गराउँदै आगामी दिनमा सरकारी तथा गैर–सरकारी निकायसँग समन्वय गरी यस्ता कार्यक्रम नेपालमै आयोजना गर्न सकिने सम्भावनाबारे जानकारी गराएका छन्।











प्रतिक्रिया