“कांग्रेस महाधिवेशन २०८२: शेखर कोइरालाको पहलले पायो आधिकारिक रूप”


काठमाडौ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले २०८२ सालमा नियमित महाधिवेशन गर्नका लागि उठाएका मागलाई पार्टीले स्वीकार गरेको छ। यस निर्णयले पार्टीको आन्तरिक लोकतन्त्रको प्रक्रियामा थप मजबूती ल्याउने छ।

डा. शेखर कोइरालाले महाधिवेशनको तयारीलाई अघि बढाउनका लागि पार्टी नेतृत्वसँग बारम्बार सवाद र आग्रह गर्दै आएका थिए, जसका परिणामस्वरूप १५ औं महाधिवेशनको प्रक्रिया शुरू गर्नका लागि आवश्यक कदम चालिएको छ।

यो महाधिवेशन नेपाली कांग्रेसको भविष्यका लागि महत्वपूर्ण मानीएको छ, जसले पार्टीको नेतृत्व संरचना र नीतिगत दिशालाई पुनः परिभाषित गर्ने अवसर प्रदान गर्नेछ।

डा. कोइरालाले आफ्नो विचारमा पार्टीका नेतृत्वमा परिवर्तनको आवश्यकता र तिनको नीति व्यवस्थामा सुधारको महत्त्वलाई ध्यानमा राख्दै यस निर्णयको स्वागत गरेका छन्।

यो महाधिवेशनको आयोजना र त्यसको परिणाम पार्टीको आगामी चुनावी रणनीतिमा पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।