मधेसका मुख्यमन्त्री यादवले आज विश्वासकाे मत लिंदै


काठमाडौँ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले आज दिउँसो २ बजे विश्वासको मत लिन लागेका हुन् ।

मंगलबार दिउँसो ३ बजे प्रदेश प्रमुखबाट सर्वोच्च अदालतको फैसला सम्बन्धी पत्र प्राप्त भएको जानकारी दिँदै मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने बताए।

विश्वासको मत प्रायोजनका लागि आज प्रदेश सभा सचिवालयलाई पत्र पठाएको उनको भनाई छ । विगतमा सहयोग गरेका दलहरूले आफूलाई विश्वासको मत दिने मुख्यमन्त्री यादवले विश्वास व्यक्त गरे ।

सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश दिएको थियो ।