सरकारलाई एकपछि अर्को धक्का: भूमिआयोग खारेज गर्ने निर्णय सर्वोच्चद्वारा बदर

राजदूतफिर्तासम्बन्धी निर्णय पनि भएको थियो बदर


काठमाडौं।

निर्वाचनप्रायोजनको लागि गठन भएको सरकारले दीर्घकालीन असर पर्ने र अन्यविभिन्ननियुक्तितथापूर्व सरकारको निर्णयलाई उल्टाउन थालेपछि सर्वोच्च अदालतले सरकारको त्यस्तो कार्यमा रोक लगाउनथालेको छ ।

सर्वोच्च अदालतले भूमिआयोग खारेज गर्ने सरकारको निर्णय बदर गरिदिएको छ ।सरकारले भूमिहीन सुकुम्बासीको हितमाकामगर्दै आइरहेको भूमिआयोगलाई हचुवामाखारेज गरेको थियो । सरकारको सो निर्णयको देशभरका भूमिहीनकिसानले विरोध गरेका थिए ।
सरकारकोभूमिआयोग खारेज गर्ने निर्णयविरुद्ध परेको रिटमा फैसलागर्दै सर्वोच्चले सोमबार बदर गरिदिएको हो ।

यसअघि सर्वोच्चले उक्त निर्णय यथास्थितिमा राख्नअन्तरिम आदेश दिएको थियो ।भूमिहीनकिसानहरूले सरकारको सो निर्णय फिर्ता लिनआग्रहगर्दै आएपनि सरकारले फिर्ता लिएको थिएन तर सर्वोच्चले सरकारको सो निर्णय खारेज गरेपछि सरकारलाई धक्कालागेको छ । यसअघि विभिन्न देशका राजदूतफिर्ता बोलाउन गरेको निर्णयलाई पनि सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । चुनावी सरकारले विभिन्नविवादास्पद निर्णय गर्न थालेपनि सर्वोच्चले त्यसमा रोक लगाउँदै आएको छ ।

मन्त्रिपरिषद्ले गत २३ असोजमाभूमि समस्या समाधानआयोग र त्यसकाजिल्ला समितिखारेजीको निर्णय लिएको थियो । सर्वोच्चले सो निर्णय खारेज गरिदिएपछि भूमिआयोगलगायतजिल्लास्तरका समितिहरू स्वतः सक्रियहुने भएका छन् ।