काठमाडौं।
कामना न्युज पब्लिकेसन्स् प्रालिको ४२ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न भएको छ ।
वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पब्लिकेसन्स्का प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले आफ्ना पिता पुष्करलाल श्रेष्ठ र हजुरबुबा भरतलाल श्रेष्ठले देखाएको असल मार्गमा आफू अविचलित रूपमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले कामना परिवारमा रहेका सबै कर्मचारीहरूको एकताबद्ध प्रयास र सामूहिक टिमवर्कका कारण आज कामना न्युज पब्लिकेसन्स् प्रालि उच्च गतिका साथ अघि बढ्न सफल भइरहेको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पब्लिकेसन्स्लाई अझै नयाँ उचाइमा पु¥याउन आपूmले उचित वातावरण दिने प्रतिबद्धता व्यक्त गर्दै सबै कर्मचारीहरू एकजुट भएर संस्थालाई थप उचाइमा पु¥याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘हामी सधैं एकले अर्कालाई सहयोग र विश्वास गर्दै टिमवर्कमा चल्नुपर्छ । यसो गर्न सक्यांै भने गन्तव्य चुम्न कठिन हुने छैन ।’श्रेष्ठले भन्नुभयो । उहाँले यही स्प्रिट र पारिवारिक वातावरणलाई कायम गर्दै सबै जना अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा बोल्दै मिडिया एलाइन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले कामना पब्लिकेसन्स्ले पछिल्ला दिनमा हासिल गरेको सफलता प्रशंसनीय रहेको र यो पब्लिकेसन्स् सञ्चार क्षेत्रमा लागेका धेरैको लागि उदारहणीय रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै कामना पब्लिकेसन्स्का सल्लाहकार कपिल काफ्लेले पब्लिकेसन्सले पछिल्ला दिनमा प्राप्त गर्दै आइरहेको सफलताको प्रशंसा गर्नुभयो । विदेशमा ठुला ठुला र पुराना पत्रिकाहरू संकटमा परिरहेको अवस्थामा नेपालको पुरानो पत्रिका नेपाल समाचारपत्र बाक्लो किसिमले छापिन पुग्नु सुखद् भएको र यसको श्रेय प्रमुख कार्यकारी अधिकृतलगायत सम्पूर्ण कर्मचारीलाई जाने स्पष्ट पार्नुभयो ।
यसैगरी साधना स्वास्थ्य मासिकका सम्पादक लक्ष्मण अधिकारीले कामना न्युज पब्लिकेसन्स् प्रालिले प्राप्त गरेको सफलतामा सबै कर्मचारीको उल्लेख्य भूमिका रहेको र अझै यो पब्लिकेसन्स्लाई शक्तिशाली र प्रभावशाली बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । पत्रिकाले आफ्ना कन्टेन्ट उत्पादनलाई अझै खोजमूलक बनाउनुपर्ने र सामग्रीहरू दिँदा सन्तुलित र संस्थालाई केन्द्रबिन्दुमा राखेर दिनुपर्ने बताउनुभयो । काम गर्नेहरूलाई प्रोत्साहित गर्दै अघि बढ्नुपर्ने र सोअनुसारको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितले पत्रिकाको व्यवस्थापनले बदलिँदो परिवेशअनुसार संस्थालाई गति दिन सफल भएकाले कामना पब्लिकेसन्स् दिनानुदिन शक्तिशाली हुँदै जान सफल भएको बताउनुभयो । उहाँले संस्थालाई आगामी दिनमा झनै शक्तिशाली र अन्य सञ्चारगृहभन्दा उत्कृष्ट बनाउन सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता आंैल्याउनुभयो । सम्पादक पण्डितले प्रमुख कार्यकारी अधिकृतले प्रिन्ट, रेडियो तथा टेलिभिजन जस्ता सञ्चार माध्यमको नेतृत्व गर्दै मिडिया क्षेत्रमा थप शक्ति आर्जन गर्न सफल हुनुभएकाले यसलाई हामी सबैले गर्वको विषय मान्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै इमेज च्यानलका समाचार सम्पादक डिल्ली बस्यालले कामना पब्लिकेसन्स्ले पछिल्ला दिनमा प्राप्त गरेको सफलता सबैका लागि शिक्षाको विषय भएको बताउनुभयो । यसैगरी कामना पब्लिकेसन्स्का सिओओ दामोदर सत्यालले पब्लिकेसन्स्मा रहेका सबै कर्मचारीहरूको एकताबद्ध प्रयासले सफलता हासिल गर्न सकिएकाले यसलाई अझै उच्च गति दिएर अघि बढ्नु पर्ने आवश्यकता आंैल्याउनुभयो । यसैगरी द रोलिङ स्टोन स्कुलका सहप्रधानाध्यापक दरबार रायले कामना पब्लिकेसन्स्को प्रकाशन संस्था नेपाल समाचारपत्र दैनिकले भ्रष्टाचार विरुद्धका काण्डहरूको पर्दाफास गर्दै आइरहेकाले पब्लिकेसन्स्ले सफलता हासिल गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमल्सिनाले सबै कर्मचारीको लामो त्याग र समर्पणका कारण आज कामना पब्लिकेसन्सले नयाँ उचाइ लिन सफल भएकाले व्यवस्थापन पक्षले कर्मचारीको सेवा सुविधामा समयानुकूल समायोजन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा वार्षिकोत्सवका अवसरमा केकसमेत काटिएको थियो । साथै विभिन्न मनोरञ्जनमूलक तथा प्रतियोगितात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो । सो कार्यक्रममा पुरस्कृत हुनेलाई पुरस्कृतसमेत गरिएको थियो । कार्यक्रमको सञ्चालन समाचार सम्पादक दिपक रिजाल र पत्रकार महासंघ कामना प्रतिष्ठानका सदस्य कर्ण प्रधानले गर्नुभएको थियो । औपचारिक कार्यक्रम सम्पन्न भएपछि आयोजित रात्रिभोजमा विभिन्न उच्च पदस्थ व्यक्तित्वहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा सम्पूर्ण कर्मचारीको सहभागिता रहेको थियो ।











प्रतिक्रिया